काठमाडौं । एउटा भनाइ के छ भने छिमेकी देश भारतमा नेपालमा आउने तरकारीको खेती आफ्नै प्रकारले हुन्छ । बढी उत्पादन अत्यधिक विषादीको प्रयोग हुनेगरेको मानिन्छ । यसैकारण होला केही वर्षअघि सीमामा विषादीको परीक्षण गराएर मात्र प्रवेश गराउने त्यसपछि यस्तो परीक्षण अहिलेसम्म नै हुन सकेको छैन । त्यस्तो भएको थियो भने एकातिर आफ्ना उपभोक्ताप्रति राज्यको जवाफदेहिता प्रकट हुनेथियो भने अर्कोतर्फ स्वदेशी तरकारीले अपेक्षाकृत बजार पनि पाउँथे ।
स्वदेशी उत्पादनमा त्यस्तो विषादी कति मात्रामा छ भनेर सरकारलाई अनुगमन गर्न पनि सजिलो हुनेथियो कतिपय अवस्थामा त व्यापार सन्तुलन कायम गर्न मद्दत पनि पुग्ने थियो । अर्कोतर्फ उत्पादनअनुसारको लागत र बजार पाएपछि किसानहरूमा उत्साह हुन्थ्यो र यो पेसाप्रति अकर्षण बढेर जे–जति मात्रामा भए पनि रोजगारी उपलब्ध हुने थियो ।
गएको हप्ता चितवनका किसानले आफ्ना तरकारी फालेर जस्तो विरोध गरे त्यसको प्रमुख कारण भारतीय तरकारीको जथाभावी आयात रहेको भन्ने नै हो ।
तरकारी तथा फलफूलको बजार निकै ठूलो छ । यसलाई आत्मनिर्भर बनाउने हो भने धेरै ठूलो धनराशि विदेशिनबाट रोकिनेछ । पछिल्लो समय सार्वजनिक भएको सरकारी तथ्याङ्कले नै यी वस्तुको आयातमा कति रकम बाहिर गइरहेको छ भन्ने देखाउँछ । तथ्याङ्क भन्छ, वार्षिक साढे तीन खर्ब रुपैयाँको कृषि उपज आयात भइरहेको छ । विभिन्न समयका विभिन्न अध्ययनले यसलाई रोक्न सकिने बताइरहेका पाइन्छन् ।
उल्लिखित अङ्कका कृषि उपजमा तरकारी र फलफूल मात्र झन्डै ३० अर्बको हाराहारीमा आयात हुन्छ । राष्ट्र बैंकको रिपोर्टअनुसार आर्थिक वर्ष ०७८/७९ मा १६ अर्ब ९६ करोड रुपैयाँको तरकारी आयात भयो । अघिल्लो वर्ष ०७७/७८ मा १५ अर्ब २७ करोड रुपैयाँको आयात भएको थियो । फलफूलको पनि अवस्था त्यस्तै हो । ०७८/७९ मा १० अर्ब ९३ करोडको फलफूल आयात भएको थियो भने ०७७/७८ मा १० अर्ब ३५ करोड रुपैयाँको फलफूल आयो ।
किसानका अनुसार अहिले तरकारी खेती नै छाडिएको अवस्था छन् । कृषि मन्त्रालयको तथ्याङ्कमा आव ०७६/७७ मा दुई लाख ५४ हजार एक सय ६१ टन केरा उत्पादन भएको थियो । ०७७/७८ मा तीन लाख आठ हजार तीन सय ८८ टन उत्पादन भयो । तर यता ०७७/७८ मा एक अर्ब ७१ करोड रुपैयाँबराबरको केरा आयात भयो ०७८/७९ मा एक अर्ब ६३ करोड रुपैयाँबराबरको अङ्कमा आयो । यसले के देखाउँछ भने यसको पनि आयात रोकिएको छैन । कृषि मात्रै एउटा त्यस्तो वस्तु हो जो देशमा आत्मनिर्भर हुन सकिन्छ । कतिपय अवस्थामा त यी वस्तु निर्यात गरेर व्यापार सन्तुलन कायम गर्न सकिने भनी विभिन्न अध्ययनहरूले देखाइरहेका छन् तर आवश्यकता हो त्यसअनुसारको बन्दोबस्ती हुनु ।
कृषिमा २० वर्षे वा यस्तै नीति लागू हुन्छन् तर पछिल्लो वर्ष आफैँ हराउँछ । सरकारले जहिले पनि कृषि सामग्रीको अभाव हुन नदिने भनी बताइरहेको हुन्छ । तर चाहिएको बेला ती कहिल्यै पाइँदैन । यता उत्पादन भएका वस्तुको पनि बजारको व्यवस्था गरिएको छैन । आफ्नै देशमा उत्पादन भइरहेको छ भने ती वस्तु विदेशबाट किन ल्याउने ? यो प्रश्न सधैँ उठिरहन्छ । कृषिमा अब त्यस्तो नहोस् ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- गण्डकी प्रदेश सरकारबाट माओवादीका मन्त्रीको राजीनामा
- नेपाल अमेरिका सैन्य वार्ता हुँदै
- टेलिफोन महसुल घटाउन भारत सकारात्मक: मन्त्री शर्मा
- तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने रास्वपाको निर्णय
- प्रहरी महानिरीक्षक(एआइजी)मा वसन्तबहादुर कुँबर नियुक्त
- रोजगारी सिर्जनामा मुख्यमन्त्री अधिकारीको जोड
- रुकुम पश्चिममा ९२ विद्यालय भवन बन्दै
- सुकुम्वासीका छोराछोरी पढ्ने नमूना विद्यालय
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया