कर्जाको ब्याज र वस्तुको मूल्य दुवै घटाऊ
काठमाडौं । भर्खरै मात्र एउटा रिपोर्ट सार्वजनिक भएको छ । त्यो हो, जति प्रयत्न गरे पनि निर्यात वृद्धि नहुनु । करिब–करिब यसैसँग जोडिन्छ नेपाली उत्पादनहरूले बजार नपाउनु । केही पहिले तरकारी सडकमा फालेर किसानहरूले बजारको खोजी गर्दै विरोध जनाए । भर्खर मात्रै सरकारले १४ रूपैयाँ प्रतिलिटर हुनेगरी दुधको मूल्य बढायो । यो मूल्यवृद्धि एक वर्ष नपुग्दै दुई पटक भएको अवस्था हो । यी खाद्यसम्बन्धी उत्पादनका कुरा भए । बजारमा निर्माण सामग्रीको मूल्य यतिविधि बढेको छ जसको लेखाजोखा हुनै छाडेको छ ।
अपवादबाहेक नोपली बजारमा खासगरी नेपाली उत्पादन अत्यधिक महंगा हुनेगरेका छन् । कतिपय वस्तु अनुगमन नगरिँदा स्वेच्छाले बढेका छन् भने धेरैजसो महंगो ब्याजदरलाई दोष दिन्छन् उत्पादकहरू । ब्याजको दर बढ्नुसँग वस्तुको मूल्य जोडिन्छ नै । तर ब्याज घटेको बेला पनि वस्तुको मूल्य भने घटेन भने के गर्ने ? व्यवसायीहरू ब्याजदर घटाउने क्रममा सडक आन्दोलनमा उत्रिएकाहरूसँग यस्तो प्रश्न तेर्सिन्छ ।
व्यवसायीहरूले यो हप्तादेखि बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने कर्जाको ब्याज अत्यधिक भएको भनेर त्यसलाई घटाउन माग गर्दै विभिन्न प्रकारका आन्दोलन सुरु गरेका छन् । सोमबारदेखि त माइतीघर मण्डलामा धर्ना दिने कार्यक्रम नै घोषणा भयो । व्यवसायीहरूले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर बैंक तथा वित्तीय समस्यासम्बन्धी चरणबद्ध आन्दोलन गर्ने चोतावनी दिएका हुन् । कर्जाको ब्याजदर घट्यो र त्यसले नेपाली उत्पादनलाई त्यही मात्रामा सस्तो बनाउँछ भने व्यवसायीहरूको यो आन्दोलनमा उपभोक्ताहरूको पनि सहभागिता रहने हुन्छ ।
नेपाली वस्तु छिमेकी देशको भन्दा आफ्नै देशमा महंगो छ । त्यसो हुनुको कारणलाई व्यवसायीहरूको जवाफमा बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गर्ने कर्जाको ब्याज अत्यधिक महंगो भएको कारण बताउँछन् । एक अर्थमा यो सत्य पनि हो । त्यसका प्रभावहरू बजारमा सधैँ देखिइरहेका पनि छन् । केही पहिले लघुवित्तबाट लगानी भएका ऋणको ग्रामीण क्षेत्रका उत्पादनहरूलाई अत्यधिक महंगो बनाएको भन्ने अध्ययन रिपोर्ट आएका थिए । त्यसको प्रभाव कतिसम्म भने आफ्ना छेउछाउका उत्पादनभन्दा छिमेकी मुलुकका उत्पादनको उपभोग अत्यधिक बढेको भन्ने कुरा त्यसैबाट आएको हो ।
देशमा सबैभन्दा बढी नाफा कमाइरहेको क्षेत्रमा पर्छन् बैंक तथा वित्तीय संस्थाहरू । उनीहरूले पैसा छाप्ने होइन न अरु कुनै कारोबार नै गर्छन् । उनका नाफाको एउटै मात्र स्रोत हो कर्जाको ब्याज । भनिन्छ यी क्षेत्रमा चार अर्ब लगानी गरेका छन् भने दुइ अर्ब नाफा खाइरहेका छन् । त्यो नाफाको स्रोत नै बजारको महंगी हो । कुनै पनि उद्योग–व्यवसायीहरूले महंगो ब्याज तिरेर सस्तो उत्पादन गर्दैनन् । बरु व्यवसाय नै बन्द होला ।
उद्योग–व्यवसायीका अनुसार गएको एक वर्षदेखि उद्योग–व्यवसायीप्रति बैंक तथा वित्तीय संस्थाले कठोर नीति अपनाउँदै आएका छन् । भन्छन्, ‘विगतदेखि बैंक तथा वित्तीय संस्थाका नीतिले समस्या पारेका थिए, एक वर्षदेखि झन् धेरै समस्या थपिदिएका छन्, माइतीघरमा गरिएको आन्दोलनको प्रभाव परेन भने राष्ट्र बैंक घेर्छौँ ।’ यो अर्थमा उनले मागेको मागहरू पूरा हुन् भन्ने कामना गरौँ । कर्जाको ब्याज ऐनले भनेअनुसार नै । त्यसो भयो भने उद्योग–व्यवसायीले पनि आफ्नो उत्पादनमा सोहीअनुसार मूल्य घटाउनु पर्छ । त्यस्तो प्रतिबद्धता आओस् । त्यसो भयो भने मात्र उनीहरुका माग र आन्दोलनले सार्थकता स्थापित गर्नेछ ।
क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4
ताजा अपडेट
- बस्नेत कोशी प्रदेश समन्वय परिषद् सदस्यमा नियुक्त
- ललितपुर इन्टरनेसनल ट्रेड एक्स्पोको तयारी पूरा
- नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तम खनालसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- बीमा कम्पनीहरूले संकलन गरे एक खर्ब २४ अर्ब बीमाशुल्क
- पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा
- इलाम–२ उपनिर्वाचन :रास्वपाबाट लिम्बू उम्मेदवार
- शिक्षाका लागि विद्यालयको पूर्वाधार निर्माण आवश्यक छ : मन्त्री राई
- स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- चिया पसल पनि कम्पनी ?
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
- नेपाली अमेरिका कलाकार सङ्घमा बसन्ती राई
तपाईको प्रतिक्रिया