Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयचुक्ता पुँजी बढ्दैमा वित्तीय क्षेत्र सबल हुुँदैन

चुक्ता पुँजी बढ्दैमा वित्तीय क्षेत्र सबल हुुँदैन


वित्तीय क्षेत्रको सवलतलाई चुक्ता पुँजीसँग जोडेर हेर्ने गरिएको छ । तर, वित्तीय क्षेत्रको सबलताको लागि चुक्ता पुँजी मात्र सबै कुरा होइन । नेपाल राष्ट्र बैंकले बासेल ३ को कार्यान्वयनका क्रममा बैंक तथा फाइनान्स कम्पनीहरूलाई चुुक्ता पुँजी वृद्धिको लागि बाध्यकारी व्यवस्था गरेको थियो । सोही व्यवस्थाबमोजिम तत्कालीन समयमा दुुई अर्ब रूपैयाँ चुक्ता पुँजी भएका वाणिज्य बैंकहरूले चुक्ता पुँजी बढाएर आठ अर्ब रूपैयाँ पु¥याए । यसैगरी ६४ करोड रूपैयाँ चुक्ता पुँजी भएका राष्ट्रियस्तरका विकास बैंकहरूले पनि चुक्ता पुँजी बढाएर दुुई अर्ब रूपैयाँ पु¥याए । यसबीचमा २० करोड रूपैयाँ चुक्ता पुँजी भएका फाइनान्स कम्पनीहरूले पनि आफ्नो चुक्ता पुँजी बढाएर ८० करोड रूपैयाँ पु्¥याए । अहिले २७ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी २४ वटा विकास बैंक र २२ वटा फाइनान्स कम्पनीसहित ७३ वटा संस्थाहरूको कुुल चुक्ता पुँजी तीन खर्ब २४ अर्ब १७ करोड ५० लाख रूपैयाँ पुुगेको छ । वित्तीय क्षेत्रको यो चुक्ता पुँजी चालुु आर्थिक वर्षको माघ मसान्तसम्म कायम भएको हो ।

गत आवको सोही अवधिमा अर्थात माघ २८ वटा वाणिज्य बैंक, क्षेत्रिय तथा राष्ट्रियस्तरका समेत गरी ३३ वटा विकास बैंक र २४ वटा फाइनान्स कम्पनीहरूसहितका ८५ वटा संस्थाहरूको कुुल चुक्ता पुँजी दुुई खर्ब ९८ अर्ब ७३ करोड ५९ लाख रूपैयाँ रहेको थियो । विगत दुुई आर्थिक वर्षको तुुलना गर्दे वित्तीय क्षेत्रको चुुक्ता पुँजी निकै बढेको देखिएको छ । तर, यो अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरूको चुक्ता पुँजी बढेको भए पनि कर्जा तथा लगानीको विस्तार भने हुुन सकेको छैन । चुक्ता पुँजी बढेको आधारमा बैंकिङ क्षेत्रको कर्जाको दायरा बढेको छैन । बैंकिङ क्षेत्रको नाफा बढेको छैन । पछिल्लो समय बैंकिङ क्षेत्रको चुक्ता पुँजी बढे पनि वित्तीय क्षमता नबढ्दा जुुनरूपमा बैंकहरूको नाफा बढ्नुु पथ्र्योे त्यो रूपमा नाफा बढ्न सकेको छैन । अर्कोतर्फ बैकिङ क्षेत्रमा वित्तीय स्वस्थता बढ्ने सकेको छैन भने अर्कोतर्फ प्रतिस्पर्धात्मक क्षमता पनि बढ्न सकेको छैन । यो अवस्थामा वित्तीय क्षेत्रको चुक्ता पुँजी बढेकै आधारमा वित्तीय क्षेत्र सवल भयो भन्नुु मुुर्खता हुुनसक्छ । चुक्ता पुँजी बढाउनको लागि धेरै वटा बैंक तथा फाइनान्स कम्पनीहरू मर्जर तथा प्राप्ति सामेल भए । यसले गर्दा बैंक तथा फाइनान्स कम्पनीहरूको संख्या घट्यो । तर, संख्या घटे पनि राष्ट्र बंैकको नियमनकारी भूमिका बलियो हुुन सकेको छैन । वित्तीय क्षेत्रमा संस्थागत सुशासनको पक्ष कमजोर बन्दै गएको छ । यो अवस्थामा वित्तीय क्षेत्रको सबलताको लागि वित्तीय क्षेत्रको व्यवस्थापन पक्षको बलियो हुुनुुपर्छ ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया