Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयतीन हप्ते ‘लकडाउन’को अन्तिम दिन

तीन हप्ते ‘लकडाउन’को अन्तिम दिन


काठमाण्डौं,वैशाख २
अघिल्लो वर्षको चैत्र ११ बाट सुरु गरिएको लकडाउनको समय तीन हप्ता पूरा हुन एक दिन बाँकी छ । देशमा नागरिकहरूले ठूलो अपराध गरेजसरी उनलाई तयारीको कुनै अवसर नै नदिई राति घोषणा गरिएको लकडाउन त्यसपछि दुई पटक म्याद थपरे २१ दिनको बनाइएको थियो । नेपालले यस्तो लकडाउन लगाएपछि भारतले पनि घोषणा ग¥यो । उसको भने एकै पटक २१ दिनको थियो । भारतीय लकडाउनको समय सकिनुभन्दा एक दिनअघि नेपालको सकिँदै छ । भारतका अधिकांश राज्यले त्यस्तो म्याद थप्दै आएका छन् । कसैले त अवको एक महिनासम्म बनाएका छन् । केन्द्रले पनि राज्यकै अवस्था हेरेर निर्णय गर्ने हो । नेपाल र भारत भूगोलको हिसाबले सीमाको बन्धनरहित देश हुन । त्यसको प्रभाव नेपालमा पर्छन् नै । त्यसकारण पनि धेरैको अनुमान छ यस्तो निर्णय नेपालको वशमा छ कि छैन भन्ने धेरैतिरबाट कुरा उठ्ने गरेको छ । जो एकप्रकारले स्वाभाविक पनि हो ।

धेरैले अनुमान गरेका छन् नेपालमा पनि लकडाउनको समय बढ्छ । प्रधानमन्त्रीले पनि यसको संकेत दिइसकेका छन । आफ्नो नयाँ वर्षको सन्देशमा नागरिकको मनोबल उकास्ने सन्दर्भमा उनले जे भने त्यसले यो समय थपिनेछ भन्ने सन्देश दिन्छ । त्यसले नै बुझाउँछ अब कम्तीमा एक हप्ता त्यसका लागि तयारी बस्नैपर्छ । त्यस सन्दर्भ यस्तो छ उनको आह्वानको एउटा अंश, आगामी वैशाख ३ गते लकडाउनको दोस्रो समयावधि पूरा हुन्छ । यिनै दुई दिनको अवधिमा हुने प्रगतिको आधारमा कोरोना महामारीविरुद्धको हाम्रो नीति कस्तो हुने भन्ने सरकारले निर्णय गर्नेछ । ढुक्क होऔँ, कस्तै प्रतिकूल अवस्थामा पनि आपूर्ति प्रणालीलाई कमजोर हुन दिइने छैन । कुनै पनि युद्धमा विजयका लागि आत्मविश्वास, मनोबल र एकता सर्वाधिक महत्वपूर्ण हतियार हुन् । आत्मविश्वास गुमेको र आत्मबल खस्किएको सेनाले जतिसुकै आधुनिक संशाधनबाट सज्जित भए पनि युद्ध जित्न सक्दैन । यस घडीमा म सबैका सामु विशेष आह्वान गर्न चाहन्छु, अग्रमोर्चामा रहेर कोरोना भाइरसका विरुद्ध कठिन लडाइँको अगुवाइ गरिरहेकाहरूको मनोबल उच्च पारौँ, राष्ट्रिय एकतालाई थप सुदृढ पारौँ र कोरोना भाइरसलाई समाजमा फैलिनबाट रोक्न र संक्रमण भइहालेमा पनि पराजित गर्न सकिन्छ भन्ने जनताको आत्मविश्वासलाई थप बलियो बनाउन सकारात्मक भूमिका खेलौँ ।

लकडाउनको अन्त्यतिरको नयाँ वर्षको सन्देशमा उनले जे भने त्यसको पालना होस भनी कानमा गर्नुपर्छ । उनले अबको लकडाउनको अभिभावकत्व सरकारले लिन्छ भनेका छन् । ‘कोरोना भाइरसबाट प्रभावित हुने सबै वर्ग र क्षेत्रका नागरिकको अभिभावकत्व सरकारले लिन्छ । सबैभन्दा पहिले जनतालाई महामारीबाट उम्काइने छ, सँगसँगै रोजीरोटीको जोहो गरिनेछ । सर्वसाधारण जनता र कमजोर वर्गलाई यथासम्भव सामाजिक संरक्षण प्रदान गर्ने, यस समस्याबाट प्रभावित निजी क्षेत्रलाई प्रोत्साहन उपलब्ध गराउने, कृषक तथा आम श्रमिकहरूको आय निरन्तरताका लागि आवश्यक व्यवस्था गरिनेछ ।’ यतिबेला मुलुकको अर्थतन्त्रलाई कसरी सुधार्ने भन्ने चिन्तनभन्दा र कुनै पनि दीर्घकालीन योजनाभन्दा आफ्ना नागरिकलाई तत्काल भोक र रोगाबट मुक्ति दिने काम पहिलो प्राथमिकतामा पर्नुपर्छ ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया