Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयभारतीय सीमामा नेपालीको बिजोग

भारतीय सीमामा नेपालीको बिजोग


काठमाण्डौं,वैशाख ३
पछिल्लो समय कोरोनाको प्रकोप व्यापकरूपमा फैलिन थालेको छ । यसमा हवाइ मार्गबाट आएका भन्दा नेपाल–भारत सीमानाबाट प्रवेश गरेकाहरू खतराका पात्र हुने संकेत देखिँदै छ । पछिल्लो समय भारतीय नागरिक जो नेपालमा केही पहिलेदेखि बस्दै आएका थिए, तिनमा संक्रमण देखियो । यो कस्तो बेला भयो भने नेपाली नागरिक त्यसमा पनि हजारौं जनताले निर्वाचन गरेका प्रतिनिधिलाई भारतीय सञ्चार माध्यमले त्यहाँको आधिकारिक निकाय खासगरी सुरक्षासँग सम्बन्धित अधिकाारीहरूको हवाला दिँदै तिनले भारतमा कोरोना फैलाउने काम गरको भनी आरोप लगाइरहेका थिए । यस्तो भएको हप्ता दिन बित्दा पनि यता सरकारले कुनै खोजीनीति गरेको थिएन । यसबीचमा दुई देशका प्रधानमन्त्रीबीचमा टेलिफोन वार्तालाप भएको भन्ने विवरण पनि आए तर यो कुरा उठेन । यस्तै बेला भारतीय नागरिकमा एकैपल्ट तीन जनामा यस्तो संक्रमण भेटियो । यसको अर्को खतराको पक्ष हो ती संक्रमितले कति नेपालीलाई प्रभाव पारे होलान् ? रिपोर्टले स्थिति यस्तो देखाउँछ भने आरोपचाहिँ नेपालीले व्यहोर्नुपर्ने भयो ।

यतिबेला नेपाल–भारत सीमामा पाँच÷सात हजारको संख्या रहेको बताइएको छ । दुई देशमा नै लकडाउन भएपछि जो जहाँ छन्, ती त्यहीँ बस्ने नीतिअन्तर्गत दुवैतर्फका सीमामा यस्तो बसोवास भएको हो । प्रधानमन्त्रीको सम्बोधनले पनि यसै भनेका थियो । एकमानेमा यो नीति ठीक पनि होला । यतिबेलासम्मको विवरणअनुसार यो नीतिले नेपाललाई रामै्रपनि भएकोछ । छिमेकी भारतमा जसरी संक्रमणको विस्तार भैरहेको छ नेपालमा त्यसअनुसारको विस्तार कम छ । भारतमा १० हजारको हाराहारीमा संक्रमणको संख्या पुग्दा नेपालमा १५ जनाको संख्या पनि पुगेको छैन । यो पक्ष सकारात्मक हो भन्नुपर्छ । त्यसमाथि नेपालमा देश्व्यापी नभएर काठमाडौं उपत्यका र सुदूर तथा पश्चिमी जिल्ला मात्रैमा यस्ता संक्रमित भेटिएका छन् । अर्थात् छिमेकी जस्तो देशभर विस्तार भएको अवस्था होइन यो । पछि के हुन्छ त्यो अलग हो तर सीमाक्षेत्रमा दुई पक्षको व्यवहार समान देखिएन । नेपाली पक्ष हेपाइमा परेको छ भने भारतीय पक्षको पालनपोषण पाहुनासरहकै भैरहेको छ । यस्तो भेद किन ? सामान्यतया यो प्रश्न बुझिनसक्नु भएको छ । अर्कोतर्फ भारतीय पक्षबाट नेपालीलाई बलपूर्वक सीमामा ल्याएर छाड्ने काम पनि भैरहेको छ ।

यसमा कतै आफ्नो पक्षको पनि कमजोरी त होइन भन्ने पनि कतै–कतै प्रकट भैरहेको छ । भारतीय पक्ष आफ्ना नागरिकको आवस्था हेर्न बारम्बार तिनलाई राखेका ठाउँमा आइरहेका छन् तर नेपालबाट आफ्ना नागरिकको खोजीनीति भएको पाइँदैन । केही दिनअघि एक सांसद भारतमा आफ्ना नागरिकले कसरी निर्वाह गरिरहेका छन् भनी हेर्न गएका थिए तिन को त्यो कामलाई अपराधजस्तो ठानेर उनलाई आफ्नै गृहमन्त्रालयले उल्टो क्वारेन्टाइनमा पठायो । यतिबेला हजारभन्दा बढी नेपाली एउटा शिविरमा खाँदिएर बसेका छन् । क्वारेन्टाइनको सिद्धान्तले यस्तो हुन दिँदैन तर भैरहेको छ । प्रधानमन्त्रीले सम्बोधनमा, ‘नेपालमा लकडाउन सुरु भएपछि नेपाल–भारत सीमा नजिक आउनुभएका नेपाली दाजुभाइ दिदीबहिनीहरूले भोग्नुपरेको अप्ठ्यारो र उहाँहरूको भावनालाई हामीले बुझेका छौँ, भनेका थिए तर बुझेजस्तो लागेन । यो खतरा डरलाग्दो भएर प्रकट हुने स्थितितर्फ ध्यान जानु जरुरी छ ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया