वार्षिक बजेटबराबरको व्यापारघाटा कतिञ्जेल ?

व्यापारमा कुुटाइ खानुु तर घाटा नखानुु भन्ने उखान रहेको छ । तर यो उखानको नेपालको राष्ट्रिय अर्थतन्त्रमा कहिले लागू भएन । हामी सधँै वैदेशिक व्यापारमा घाटा मात्र खाएका छौं । कहिले यो घाटा कसरी कम गर्ने भन्ने योजना हामीले कहिले बनाएका छैनौं । नेपालको वैदेशिक व्यापार सदैव ऋणात्मक रहेको छ । घाटा पनि अर्बमा नभई खर्बमा हुुने गरेको छ । एक वर्षमा मुुुलुकले वैदेशिक रोजगारीबाट जति रकम प्राप्त गर्छ, अर्थात मुुलुकको एक आर्थिक वर्षको बजेटबराबरकै रकम व्यापारघाटा हुुने गरेको छ । राष्ट्र बंैकले चालू आर्थिक वर्षको आठ महिनाको मुुलुकको कुुल वस्तुु व्यापारघाटा ४७ दशमलव छ प्रतिशतले बढेर पाँच सय ८० अर्ब ३४ करोड रुपैयाँ पुुगेको जानकारी दिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापारघाटा १२ दशमलव पाँच प्रतिशतले घटेको थियो । चालू आवको आठ महिनामा निर्यात–आयात अनुपात सात दशमलव सात प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात नौ दशमलव आठ प्रतिशत रहेको थियो । कुल वस्तु आयात भने यस अवधिमा ४४ दशमलव दुुई प्रतिशतले बढेर छ सय २८ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १३ दशमलव नौ प्रतिशतले घटेको थियो । राष्ट्र बैंकका अनुसार भारतबाट भएको आयात ५९ प्रतिशत, चीनबाट भएको आयात १७ दशमलव पाँच प्रतिशत र अन्य मुलुकबाट भएको आयात २६ दशमलव दुुई प्रतिशतले बढेको छ ।


आर्थिक वर्ष २०७३—०७४ को आठ महिनासम्ममा कुल वस्तु निर्यात भने १२ दशमलव आठ प्रतिशतले वृद्धि भई ४८ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा २४ दशमलव नौ प्रतिशतले ह्रास आएको थियो । समीक्षा अवधिमा भारततर्फ १६ दशमलव तीन प्रतिशत, चीनतर्फ १३ दशमलव तीन प्रतिशत र अन्य मुलुकतर्फ आठ दशमलव दुुई प्रतिशतले निर्यात बढेको छ । मुलुुकको आयात निर्यातसम्बन्धी तथ्यांकलाई हेर्दा नेपालले व्यापारघाटा कम गर्न धेरै नै सुधारहरु गर्नुुपर्ने देखिएको छ । यसको लागि मुुलुकको आन्तरिक उत्पादन बढ्नुपर्छ । रेमिटेन्स आप्रवाहलाई उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्छ । स्थानीय स्रोत र साधनलाई स्थानीयस्तरमा नै उपयोग गरी उत्पादन र रोजगारी सिर्जना गर्नुुपर्छ । कृषि, पर्यटन, पूर्वाधार, ऊर्जालगायतका क्षेत्रमा विशेष लगानी गर्नुपर्छ । नेपाली युवा श्रमशक्तिलाई विदेशमा नभई स्वदेशमा नै उपयोग गर्नुुपर्छ । यसो गर्न सकेको खण्डमा मात्र मुुलुकको व्यापारघाटा कम हुन्छ । मुुलुकले आर्थिक समृद्धि हासिल गर्नसक्छ । यसका लागि सरोकारवाला निकायले सबैले ठोसरुपमा काम गर्नुुपर्छ । 


सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

पहिलो प्राथमिकता सडक नै हो

जिल्लाको विकट मानिने भोटेकोशी गाउँपालिका वडा नं. १ लिस्तीका अध्यक्ष हुन् मुके शेर्पा । विकासप्रेमी नेताको रुपमा जिल्लामा छवि बनाएका शेर्पाले आफ्नो वडालाई समृद्ध बनाउन विभिन्न उदाहरणीय कामहरु गरेका छन्...

मुके शेर्पा, अध्यक्ष भोटेकोशी गाउँपालिका–१ लिस्ती, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com