सत्ताको आडमा अपराध

प्रहरीले गृहमन्त्री रामबहादुर थापाका भाइ नरेश थापालाई सत्ताको आडमा विभिन्न अपराधमा संलग्न रहेको आशंकामा पक्राउ गरेर अनुसन्धानसमेत गरेछ । प्रहरीले पक्राउ गरे पनि त्यो हैसियतको व्यक्तिलाई प्रहरीले आफ्नै बलबुतामा मात्र फक्राउ गरेको होइन । गृहमन्त्री थापाकै आदेशमा प्रहरीले उनलाई पक्राउ गरेको हुनुपर्दछ तर यस सम्बन्धमा प्रहरी संगठन र गृहमन्त्रालयले पक्राउ गरिएको बाहेक अरु केही कुरा खोलेका छैनन् ।

नरेश थापा मात्रै सत्ताका आडमा अपराध गर्ने पहिलो व्यक्ति होइनन् । तर आफ्नै भाइलाई अपराधमा लागेको आरोपमा पक्राउ गर्न आदेश दिने गृहमन्त्रीचाहिँ रामबहादुर थापा पहिलो व्यक्ति हुन् । राजनीतिक दलका कैयन नेता आफैँ अपराधमा संलग्न छन्, नेताका नातागोता, आफन्त र आसेपासेहरु त कति छन् कति ! कोको होलान् भन्नेभन्दा पनि कोकोचाहिँ त्यस्तो अपराध धन्धामा संलग्न छैनन् भनेर खोजी निति गर्नुपर्ने अवस्था छ । यहाँ बर्दी लगाएर अपराध गर्नेहरुको त कमी छैन, बर्दीवाललाई आदेश दिने र खेलाउनेहरु त राजनीतिक नेतृत्वको वरिपरि स्याउँस्याउँ भेटिन्छन् ।

शक्तिमा रहेका नेता र उनका परिवारसँग नक्कली नाता जोडेर आप्mनो स्वार्थसिद्ध गर्ने व्यक्तिहरु समाजमा जताततै भेटिन्छन् । यी सबै नरेश थापाजस्तै हुन् । सबैले सत्ताका आडमा दलाली गरेका छन् । अहिले सत्तामा हुनेहरुले पनि यसैगरी तहतहका विचौलिया छाडेर धन्धा सञ्चालन गरेका थिए । त्यस्ता विचौलियाले जस्तासुकै काम पनि गर्छन्, उनीहरुले आपूmलाई फाइदा हुने कुनै काम गर्न बाँकी राख्दैनन् । यो कुरा सत्ता चलाउनेलाई पनि थाहा छ, अड्डाअदालतमा हुनेहरुलाई पनि थाहा छ । प्रहरी प्रशासन र अख्तियारमा हुनेले पनि त्यसै गरेका छन् । उनीहरुले आप्mनो पदलाई सेवाको अवसर ठानेका छैनन्, कमाउने मौका ठानेका छन् ।

नरेश थापा प्रतिनिधि पात्र मात्र हुन् । उनीजस्ता अरु कैयन छन् । फरक यति मात्र हो कि उनी पक्राउ परे तर अरु पक्राउ परेका छैनन् । उनीसँग जोडिएको घटनामा को जोडिएका छैनन्, विराटनगरका जानेमाने सत्ताधारी डनदेखि प्रधानमन्त्रीको निकट ठानिने सांसद् र अन्य तहकै प्रहरीसम्म जोडिएको रहस्यमय घटना छ । एक जना पत्रकारलाई सिध्याउने यो जनाको जालोले जेलिएको त्यो घटना बाहिर नै नल्याई अब दबाइन पनि सक्दछ । तर राज्य यसरी दोग्लानीति लिएर चल्नु हुँदैन । एउटा मापदण्डमा चल्नुपर्दछ । त्यस घटनामा संलग्न सबैलाई पक्राउ गर्नु पर्दछ । गृहमन्त्री थापाले आप्mनै भाइलाई पक्रन प्रहरीलाई निर्देशन दिएझैँ प्रधान मन्त्री केपी ओलीले पनि गृहमन्त्री थापालाई त्यस घटनामा संलग्न सबैलाई कारबाही गर्न अवरोध बन्नु हुँदैन, निर्देशन दिन सक्नुपर्दछ र सत्ताको आडमा हुने अपराध नरोकी मुलुकमा अपराध न्यूनीकरण हुँदैन । यो नै सबैभन्दा ठूलो समस्या हो ।

 


सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

पहिलो प्राथमिकता सडक नै हो

जिल्लाको विकट मानिने भोटेकोशी गाउँपालिका वडा नं. १ लिस्तीका अध्यक्ष हुन् मुके शेर्पा । विकासप्रेमी नेताको रुपमा जिल्लामा छवि बनाएका शेर्पाले आफ्नो वडालाई समृद्ध बनाउन विभिन्न उदाहरणीय कामहरु गरेका छन्...

मुके शेर्पा, अध्यक्ष भोटेकोशी गाउँपालिका–१ लिस्ती, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com