भ्रष्टाचार रोक्ने पहल गर

बहुमत र अल्पमत वा मिलिजुली सरकारले रोक्न नसके पनि जनताले दुई तिहाइ बहुमतको सरकारले कमिशनतन्त्र, घुसखोरी र भ्रष्टाचार रोक्ने अपेक्षा गरेका थिए तर दुई तिहाइ बहुमतको सरकारबाट पनि त्यसलाई रोक्न ठोस प्रयास भएको पाइएको छैन । सत्ताधारी र उनीहरुका आसेपासेहरुले दुई तिहाइ बहुमतलाई ब्रम्हास्त्रका रुपमा प्रयोग गर्दै लुट्ने आफ्नो पालोको रुपमा प्रयोग गरेका छन् । कमिशनतन्त्र, खोज्नुभन्दा पनि कहाँ छैन भनेर खोज्नु पर्ने अवस्था छ । अर्थात् यो सर्वव्यापी भइसकेको छ, हाम्रो मुलुकको सन्दर्भमा । भ्रष्टाचार रोक्ने भाषण दिनदिनै भइरहेका छन्, त्यो हुलमा चर्को कुरा गर्ने पनि उनीहरुनै छन् । कुरा एउटा, काम अर्कै छ ।

दुई तिहाइ बहुमतप्राप्त सरकार दुईवटा दल मिलेर बनेको नेकपा र समाजवादी पार्टी संसद्मा नेकपा एक्लैको प्रचण्ड बहुमत रहेको छ । समाजवादी दलको समर्थनबाट उसले दुई तिहाइ बहुमत प्राप्त गरेको छ । संघीय संसद्मा मात्र होइन, प्रदेशमा पनि त्यही अवस्था छ । कर्मचारी प्रशासनमा पनि नेकपा समर्थित कर्मचारी युनियन सम्बद्ध सदस्यहरुको सत्तरी प्रतिशतभन्दा बढीको हिस्सा रहेको छ । त्यसमा समाजवादी पार्टी समर्थित कर्मचारी संख्या थप्दा पचहत्तर प्रतिशतभन्दा बढी हुन जान्छ ।

सरकारले कमिशनतन्त्र, घुसखोरी र भ्रष्टाचार अन्त्य गर्न चाहेकै हो भने उसले आफू समर्थित कर्मचारीलाई एउटा आह्वान गर्दा त्यो रोकिने अवस्था छ । पार्टीलाई लेभी तिर्ने सदस्य रहेका व्यक्तिले पार्टीको अपील अवज्ञा गर्ने कुरो पनि आउँदैन । तर अहिलेसम्म सरकारले कर्मचारीलाई त्यसरी अपील गरेको छैन । त्यसो नगर्दा उनीहरुलाई पहिले जस्तै संकलकको रुपमा उपयोग गरेको आशंका गर्नु गलत होइन । नेताले कर्मचारीलाई कमिशन उठाउने संकलकको रुपमा दुरुपयोग गरेका छन् भने कर्मचारीले नेताका नाम भजाएर पनि हसुरेका छन् । दुवैको मिलोमतो पनि छ ।

कमिशनतन्त्र, घुसखोरी र भ्रष्टाचार मुलुकको विकास, सुशासन र समुन्नतिको शत्रु हो । यसलाई नहटाएसम्म मुलुकमा विकाश र सुशासन असम्भव छ । तसर्थ सरकाले पहिलेको सरकारले के ग-यो, के गरेन भन्ने भन्दा पनि मुलुक बनाउँछु भन्ने इच्छाशक्ति देखाउनु प-यो र कर्मचारीलाई सुशासन कायम गर्न सघाउन आह्वान गर्दा सत्ता समर्थक कर्मचारीले मात्रै घुस नखाइदिँदा पनि मुलुकमा लगभग सुशासन कायम हुनेछ ।


सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com