खाद्य सुरक्षालाई प्राथमिकता देऊ

मुलुकमा पहिलो पटक खाद्य असुरक्षाको अवस्था सिर्जना हुने संकेत देखिन थालेका छन् । विश्व बजारमा फेरि आर्थिक मन्दीका लक्षण देखिएका छन् । त्यसलाई रोक्न सबल राष्ट्रहरुले प्रयास पनि थालेका छन् तर हाम्रोजस्तो मुलुकले त्यसलाई रोक्नसक्ने अवस्था नै छैन । त्यस्तो आर्थिक मन्दीको लहर छिमेकी भारत र चीन दुवैतिर देखिन थालिसकेका छन् । हाम्रोजस्तो आयातमुखी अर्थतन्त्र भएको मुलुकमा छिमेकमा हुने सानो घटनाले पनि ठूलो असर पार्ने गर्दछ । सबै देशले आफ्ना जनतालाई पहिलो प्राथमिकतामा राखेर नीतिनियम बनाउने भएकाले हाम्रो लागि छिमेकबाट खासै ठूलो सहयोग हुने अवस्था रहँदैन, खास गरी यस्तो विग्रहको अवस्थामा ।

नेपालमा अहिले अधिकांश खेतीयोग्य जमिन कि बाँझै छन् कित जेनतेन कोरिएका मात्र छन्, राम्रोसँग खेती गरिएका छैनन् । लगभग पौने तीन करोड जनसंख्या रहेको हाम्रो मुलुकबाट एक करोडको हाराहारीमा युवाहरु कामका लागि विदेशिएका छन् । युवा जनशक्ति विदेशिएकाले यहाँ खेती गर्ने जनशक्तिको अभाव भएर खेतीयोग्य जमिन बाँझिन पुगेका छन् । जमिन बाँझिएपछि उब्जनी हुने कुरै भएन । वैदेशिक रोजगारीमा गएको परिवारको सदस्यले पठाएकै रेमिट्यान्सको रकमबाट किनमेल गरेर परिवारजनले जीवन गुजरा गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको छ ।

दुई दशक अघिसम्म नेपालमा पेट्रोलियम पदार्थ, नुन र विलासिताका सामान मात्र आयात गर्नुपर्ने अवस्था थियो तर अहिले त्यस्तो नभएर अवस्था उल्टिसकेको छ । अहिले दैनिक जीवनका लागि आवश्यक दाल, चामललगायत खाद्यान्नदेखि सबै कुरा विदेशबाटै ल्याउनुपर्ने अवस्था छ । नेपालमा बिरामी पर्दा खाने फलफूलदेखि औषधिसम्म पनि विदेशबाट ल्याउने गरिएको छ । हालका वर्षमा नेपालीलाई चाहिने कुनै पनि सामान नेपालमा पर्याप्त उत्पादन हुँदैन ।

आन्तरिकरुपमा यस्तो विकराल अवस्था रहेको बेला विश्व अर्थतन्त्रमा मन्दी छाउन थालेको छ । यसले नेपालमा अपूर्वरुपमा भोकमरीको समस्या निम्त्याउन सक्दछ । मूलरुपमा यो आर्थिक मन्दी कति लामो समयसम्म रहन्छ भन्नेमा भर पर्दछ । यस्तो आसन्न संकटलाई हेरेर सरकारले खाद्य सुरक्षाको व्यवस्था गर्नुपर्दछ र यसलाई नजरअन्दाज गरेर बसेमा ठूलो विपत्तिको सामना गर्नुपर्ने हुन सक्दछ । सरकारको प्राथमिकतामा खाद्य सुरक्षा परेको देखिँदैन यसलाई प्राथमिकता राखेर अघि बढ्नु अहिलेको आवश्यकता हो ।


सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com