रेमिट्यान्सको प्रयोग उपभोगमा मात्र खर्च नहोस्

नेपालको अर्थतन्त्र रेमिट्यान्सको भरमा चलेको छ । उत्पादनलाई अर्थतन्त्रको मेरुदण्ड बनाउन सरकार सञ्चालन गर्नेहरु असफल हुँदा नेपालको अर्थतन्त्रलाई चलाएमान बनाउने तत्व पनि रेमिट्यान्स नै बन्न पुगेको छ । यदि अहिलेको अवस्थामा अर्थतन्त्र सहज भएको छ त यो केवल रेमिट्यान्सको कारण हो । अहिले झण्डै ३० लाख भन्दा बढी नेपाली युवायुुवतीहरू दुुवई, कतार, मलेसिया, साउदी अरबलगायतका मुुलुकहरूमा काम रहेकाछन् । यिनै युवाहरूले पठाएको रकमले नै देशको अर्थतन्त्र चलायमान भएको छ ।

नेपालले गत आर्थिक वर्षमा वैदेशिक रोजगारीबाट प्राप्त रकम अर्थात् रेमिट्यान्स रकम भण्डै आठ खर्ब रूपैयाँको हाराहारीमा भित्र्याएको थियो । उक्त वर्ष झण्डै ९८ अर्ब रूपैयाँको हाराहारीमा सामान निर्यात गरेको नेपालले झण्डै १३ खर्ब रूपैयाँको हाराहारीमा सामान आयात गरेको थियो । सोही आधारमा उक्त वर्ष नेपालमा झण्डै १२ खर्ब रूपैयाँको हाराहारीमा व्यापारघाटा बेहोरेको थियो । उक्त वर्ष नेपालको कुुल वार्षिक बजेट १३ खर्ब रूपैैयाँको हाराहारीमा रहेको थियो । त्यो अवस्थामा पनि अर्थतन्त्रलाई रेमिट्यान्स रकमले नै चलायनमान बनाएको थियो ।

चालू आर्थिक वर्षको कुरा गर्दा सरकारले यो वर्षको लागि १५ खर्ब ३२ अर्ब रूपैयाँको हाराहारीमा बजेट घोषणा गरेको छ । अहिले त्यसको कार्यान्वयन सुस्त गतिमा भइरहेको छ । यही गति कायम रहने हो भने चालू आर्थिक वर्षमा पनि थेग्नै नसक्ने गरी व्यापारघाटा हुनेछ । यो वर्षको पहिलो महिनामा नै नेपालले झण्डै एक खर्ब रूपैयाँको हाराहारीमा व्यापारघाटा बेहोरिसकेको छ । चालू आवको पहिलो महिनामा नेपालले ७५ अर्ब रूपैयाँको हाराहारीमा रेमिट्यान्स प्राप्त गरेको छ ।

नेपालमा विशेषगरी चाडपर्वको समयमा बढी मात्रामा रेमिट्यान्स भित्रिने गरेको छ । तर यो रेमिट्यान्सको ठूलो हिस्सा उपभोगमा नै खर्च हुुनेगरेको छ । यदि अर्थतन्त्रलाई सहज र बलियो बनाउने हो भने रेमिट्यान्सको प्रयोग उत्पादनमूलक क्षेत्रमा हुुनै पर्छ । यसको अर्को विकल्प छैन । रेमिट्यान्सबाट प्राप्त रकममको प्रयोग अनुुत्पादक क्षेत्रमा हुँदा व्यापारघाटा बढेको हो । चालू आर्थिक वर्षको पहिलो एक महिना अर्थात् साउन मसान्तसम्म ७५ अर्ब ४० करोड रूपैयाँ रेमिट्यान्स (विप्रेषण) रकम भित्रिएको छ ।

यस अवधिमा रेमिट्यान्स आप्रवाह दुुई प्रतिशतले बढ्दा उक्त परिमाणमा रकम भित्रिएको हो ।अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३३ दसमलव एक प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह शून्य दशमलव सात प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २४ प्रतिशतले बढेको थियो । चालू आवको पहिलो महिनामा खुद ट्रान्सफर प्राप्तिशून्य दशमलव दुुई प्रतिशतले बढेर ८४ अर्ब ९३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्राप्ति ३५ दशमलव तीन प्रतिशतले बढेको थियो । अर्थतन्त्रलाई सहज बनाउन रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगाउनै पर्छ ।


सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com