मन्त्रीलाई दशैँ भत्ता

सरकारले मन्त्रीहरुलाई दशैँ खर्च दिएको छ । यसअघि यसरी मन्त्रीलाई नै राज्य कोषबाट दशैँ खर्च दिइँदैनथ्यो तर यसपटकदेखि दशैँ खर्च दिने निर्णय गरेको हो । २०७६ भदौ ३१ गतेको मन्त्रिपरिषद्को बैठकले उपप्रधानमन्त्री, मन्त्री, संसद्, उनीहरुको सल्लाहकार र स्वकीय सचिवलाई समेत दशैँ खर्च दिने निर्णय गरेको हो । दशैँ हिन्दु धर्मवलम्वी नेपालीहरुको महान चाड हो । सरकार र संसद्मा हिन्दु मात्र छैनन् । गैर हिन्दुले दशैँ मनाउँदैनन् । दशैँ नै नमाउनेले दशैँ खर्च लिनु त्यति उपयुक्त देखिँदैन ।

मन्त्री र तिनका सल्लाहकार एवम् स्वकीय सचिवहरु पैसा कमाउनकै लागि बनाइएका छन्, तीमध्ये कोही पनि बिनापैसा जनताको काम गर्दैनन् । अहिलेसम्म यस्तै देखिएको छ । त्यही लहरमा सांसद् पनि छन्, यद्यपि उनीहरु जनप्रतिनिधि हुन् । सल्लाहकार र स्वकीय सचिवहरु उठौति पुठौतिका लागि राखिएका संकलकजस्ता देखिएका छन् । उनीहरुलाई दशैँ अनुदान भनेर रकम दिइएको छैन तर त्यो अनुदान नै हो । उनीहरुलाई दशैँ खर्च भनेर पनि दिइएको छैन तर त्यो दशैँ खर्च नै हो । उनीहरुलाई दशैँ भत्ता भनेर दिइएको छ, उनीहरुले दशैँ मानिदिएबापत भत्ता दिइरहनु पर्ने कुनै कारण देखिँदैन । उसै पनि मन्त्री र सांसद् जनप्रतिनिधि हुन् ।

जनताले जसरी दशैँ मनाउँछन्, जनताका प्रतिनिधिले पनि त्यसैगरी मनाउनुपर्ने हो । उनीहरु दशैँ मनाउन आफ्नो घर जाँदा सरकारले भत्ता दिइरहनु पर्ने कुरा होइन । त्यसमाथि हिन्दु धर्म नै नमान्ने धर्म निरपेक्षताका पक्षधरले दशैँ भत्ता लिनु त घोर अनैतिक कार्य नै मान्नुपर्छ तर लाज, घिन पचेपछि कसैको केही लाग्दैन । सरकारले गरेको यो निर्णय सही होइन । यो लोभले गरेको निर्णय हो । यिनले खान पाए केही पनि छाड्दैनन् भन्ने जनगुनासोको यो बेजोडको उदाहरण पनि हो ।

 


सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com