बडादशैँको शुुभकामना

यतिखेर सिंगो देश दशैँमय भएको छ । आम नागरिकहरुको दशैं मनाउनकै लागि कर्मथलो छाडेर आआफ्नो थातथलो जान थालेका छन् । नयाँ लुुगा, मिठो खाना, आफन्त ठूलाबडाको आशीर्वाद, परिवारका सदस्यहरुबीचको भेटघाट खुुसियाली साटासाट गर्ने यो पर्वलाई विशेष बनाउनको लागि बैंक तथा फाइनान्स कम्पनीहरुको भूमिका निकै अतुुलनीय रहेको छ । केन्द्रीय बैंकको नाताले नेपाल राष्ट्र बैंकले आम नागरिकको घर–घरसम्म, हात हातसम्म नयाँ नोट पु-याएको छ ।

देशका सबै कुुनामा रहेका बैंक तथा फाइनान्स कम्पनीहरुले चाडपर्वमा आमनागरिकहको दैनिक जीवन सहज होस् भनेर अतिरिक्त सेवा दिएका छन् । यो भनेको राष्ट्रिय पर्वलाई अझ विशेष रुपमा मनाउनको लागि केन्द्रीय बैंकले खेलेको निकै ठूलो भूमिका हो । अहिले बैंक तथा फाईनान्स कम्पनीहरुको उपस्थिती देशको सबैजसो स्थानमा पुुगेको छ । सातवटा प्रदेशका सात सय ५३ स्थानीय तहमध्ये सात सय ३७ स्थानीय तहरुमा वाणिज्य बैंकहरुको शाखा पुगिसकेको छ । सोही आधारमा अब वाणिज्य बैंकहरुको शाखा पुुग्न बाँकी स्थानीय तहको संख्या १६ मात्र रहेको छ ।

अहिले २८ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी २९ वटा विकास बैंक, २३ वटा फाइनान्स कम्पनी र ८९ वटा लघुुवित्त वित्तीय संस्थासहितका एक सय ६९ वटा बैंक तथा फाइनान्स कम्पनीहरु सञ्चालनमा रहेका छन् । हाल वाणिज्य बैंकहरुको तीन हजार छ सय ४६, विकास बैंकहरुको १२ सय ८८, फाइनान्स कम्पनीहरुको दुुई सय सात र लघुुवित्त वित्तीय संस्थाहरुको तीन हजार छ सय ६७ समेत कुुल आठ हजार आठ सय पाँचवटा शाखाहरु सञ्चालनमा रहेका छन् ।

अहिले वाणिज्य बैंकहरुको मात्र दुुई हजार नौ सय ५१, विकास बैंकहरुको तीन सय १८ र फाइनान्स कम्पनीहरुको ४७ वटा एटीएम काउन्टर सञ्चालनमा रहेकाछन । लघुुबित्त वित्तीय संस्थाबाहेकका वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको मात्र कुुल निक्षेप ३३ खर्ब ३२ अर्ब ५४ करोड ४१ करोड रुपैयाँ पुुगेको छ भने कुुल कर्जा रकम २९ खर्ब १९ अर्ब ७० करोड ६० लाख रुपैयाँ पुुगेको छ ।

राष्ट्र बैंकको यो तथ्यांकलाई केलाउने हो भने पनि अहिले देशको सबैजसो क्षेत्रमा बैंक तथा फाइनान्स कम्पनीहरुको उपस्थिति रहेको छ । यो उपस्थिति आम नेपाली नागरिकको हाँसो र खुसीसँग जोडिएको छ । जसले आम नेपाली नागरिकको वित्तीय आवश्यकताई पूरा गरी दैनिक जीवनलाई सहज बनाइदिएको छ । चाडपर्वलाई अझ उत्सवमय बनाइदिएको छ । आफन्त, छोराछोरीहरुले विदेशको जुुनसुुकै कुनाबाट रकम पठाए पनि त्यो रकम रकम आफ्नौ गाउँटोलमा रहेको बैंक तथा फाइनान्स कम्पनीहरुको शाखाबाट भुक्तानी लिनसक्ने वातावरण बनेको छ । यो हामी सबैको लागि सुुखद हो । सबैलाई बडादशैँको शुुभकाना !!


सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

पहिलो प्राथमिकता सडक नै हो

जिल्लाको विकट मानिने भोटेकोशी गाउँपालिका वडा नं. १ लिस्तीका अध्यक्ष हुन् मुके शेर्पा । विकासप्रेमी नेताको रुपमा जिल्लामा छवि बनाएका शेर्पाले आफ्नो वडालाई समृद्ध बनाउन विभिन्न उदाहरणीय कामहरु गरेका छन्...

मुके शेर्पा, अध्यक्ष भोटेकोशी गाउँपालिका–१ लिस्ती, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com