स्वागतम्, सुस्वागतम्

उत्तरी छिमेकी मित्रराष्ट्र चीनका महामहिम राष्ट्रपति सी चिनफिङ दुई दिने राजकीय भ्रमणका लागि शनिबार अपराह्न नेपाल आइपुगेका छन् । उनलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सिंगो मन्त्रिपरिषद्का सदस्यहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए । राष्ट्रपति, उपराष्ट्रपतिलगायत सिंगो मन्त्रिपरिषद् उपस्थित भएर नेपालमा पाहुनालाई यसरी भव्य स्वागत गरिएको सम्भवतः नेपालको इतिहासमा नै यो पहिलो अवसर हो ।

जनवादी गणतन्त्र चीन नेपालको उत्तरी छिमेकी मित्रराष्ट्र मात्र होइन, यो विश्वकै महाशक्ति राष्ट्र पनि हो । चीन नेपालको अविचलित सहयात्री, संकटको साथी र भरपर्दो मित्र पनि हो । दुई विशाल छिमेकी चीन र भारतको बीचमा रहेको नेपालका लागि दक्षिणी छिमेकीका तर्फबाट मात्र बारम्बार हुने एकोहोरो भ्रमणको प्रभावमा मात्र नपरी नेपालको कूटनीतिक सन्तुलन कायम गर्न पनि राष्ट्रपति सीको नेपाल भ्रमणको महत्वपूर्ण भूमिका खेल्नेछ । नेपालको बदलिँदो राजनीतिक परिवेशमा विश्वको महाशक्ति राष्ट्र चीनका राष्ट्रपति सीको नेपाल भ्रमणले नेपालका लागि ऐतिहासिक महत्व राख्छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा चिनियाँ राष्ट्रपति सी चिनफिङ दुई दिने राजकीय भ्रमणमा नेपाल आएका हुन् । २३ वर्षपछि मित्रराष्ट्र चीनबाट नेपालमा राष्ट्रपतिको भ्रमण भएको हो । चीनले नेपालको आन्तरिक मामिलामा कहिल्यै हस्तक्षेप गरेन । उसले सधैं नेपालको अखण्डतामाथि आँच आउन नदिने दोहो-याउँदै आयो तर पछिल्लो चरणमा चीनले नेपालको विकासमा उल्लेख्य चासो देखाएको छ । यस्तो परिवर्तित सन्दर्भमा चीनका महामहिम राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण नेपालका लागि युगान्तकारी कदम हुने विश्वास गरिएको छ । उनको नेपाल भ्रमणको यो सदाशयतालाई हार्दिक स्वागत छ, स्वागतम्, सुस्वागतम् !


सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com