सवारी अनुशासन अनुगमन गर

सवारी अनुशासनको अनुगमन नहुँदा दिनैपिच्छे सवारी दुर्घटना भइरहेका छन् र दुर्घटनामा परेर मानिसको अकालमा मृत्यु भइरहेको छ भने कयौँ घाइते भएका छन् । आइतबार मात्रै सिन्धुपाल्चोकको सुकुटेमा यात्रुबाहक बस दुर्घटना हुँदा १७ जनाको ज्यान गएको छ भने म्याग्दीमा भएको दुर्घटनामा चार जनाको दुःखद् निधन भएको छ । दुवै दुर्घटनामा झण्डै सय जना घाइते भएका छन् ।

दुर्घटना गर्छु भनेर हुने होइन, त्यो नसोचिएको घटना हो । दुर्घटना एउटा मात्रै खास कारणले हुँदैन, अनेक कारणले हुन्छ । सवारी साधनको खराबीले या बाटोको खराबीले, सवारी चालकको लापरबाहीले वा सडक प्रयोगकर्ताको गल्तीले पनि दुर्घटना हुनसक्दछ । तर, जसको जे गल्ती भए पनि दुर्घटना हुनेचाहिँ सवारी साधन नै हो । सवारी साधन दुर्घटना हुनबाट रोक्ने सवारी चालक नै प्रमुख हुन् । चालकलाई नियमन गर्ने ट्राफिक प्रहरी हुन् । उनीहरूको मूल काम सवारी अनुशासन अनुगमन गर्नु, अनुशासन कायम गर्नु र उल्लङ्घन गर्नेलाई कारबाही गर्नु हो ।

यस्तो कार्य गर्ने ट्राफिक प्रहरी सर्वाधिकारसम्पन्न हुन्छन्, उनीहरूलाई ठाउँका ठाउँ कारबाही गर्ने अधिकार दिइएको छ र त्यसमा पनि उनीहरूलाई जोसुकैलाई आफैँ कारबाही गर्न सक्ने असीमित अधिकार दिइएको छ । अहिले उनीहरूले त्यो अधिकार प्रयोग नगर्दा वा लोभलालचले दुरूपयोग गर्दा सवारी अनुशासन पालना हुन नसकेको मात्र होइन, सही अनुगमन नै हुनसकेको छैन र त्यही कमजोरीले अहिले यसरी दिनहुँजसो सवारी दुर्घटना हुनेगरेका छन् ।

यी दुर्घटना जेसुकै कारणले भएको भए पनि मूल कारणचाहिँ सवारी अनुशासन अनुगमन नहुनु नै हो । अनुगमन गर्नेको मन शुद्ध नहुँदासम्म त्यसले ट्राफिक अनुशासन कायम गर्न सक्दैन । तसर्थ ट्राफिक अनुगमनलाई प्रभावकारी बनाउनु नै दुर्घटना रोक्ने प्रमुख उपाय हो र यो कार्यमा सरकारले ढिलो नगरी कदम चलाउनु जरुरी छ ।


सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com