स्वस्थ बीउबिजनको व्यवस्था गर

खेतिपाती गर्ने युवा जनशक्ति विदेश पलायन भएपछि कृषिप्रधान देश भनिए पनि नेपालमा खाद्यान्न, तरकारी र फलफूल विदेशबाट आयात गर्नु परिरहेको छ र केही मात्रामा यहाँ हुने खेतिपातीमा पनि अस्वस्थ बीउबिजनका कारण फल नलाग्ने र उत्पादन नहुने समस्या दोहोरिने गरेको छ । यो वर्ष किसानले धेरै फल्ने विकासे धान भनेर गरिमा जातको धानको बीउ लगाएका थिए । तर, त्यसमा धानको बाला नै लागेन । केही वर्षअघि विकासे भनेर लगाइएको मकैको खोया मात्रै भयो, केहीमा थोता घोगा लाग्यो ।

खेती गर्नका लागि सिंचाईको व्यवस्था छैन, मलखादको राम्रो व्यवस्था छैन, उत्पादन भइहाले पनि किसानमैत्री बजार व्यवस्था छैन । खेती गर्ने जनशक्ति छैन, कृषिमा आधुनिक प्रविधि भित्र्याइएको छैन । मुलुकमा सरकार नभएको होइन । सरकारले यी सबै समस्या हेर्ने निकायको व्यवस्था पनि गरेको छ । तर, निकायले किसानका यी समस्यालाई गम्भीरतापूर्वक हेरिरहेका छैनन् । यी समस्याका कारण उत्पादन प्रशस्त हुन सकेको छैन । उत्पादनमा कमी आएको छ । तर, अहिले अस्वस्थ बीउ किसानलाई वितरण गरेपछि उत्पादन नै नहुने समस्या देखापरेको छ ।

यो समस्या दोहोरिइरहँदा पनि त्यस्तो अस्वस्थ बीउको सिफारिस गर्ने कर्मचारीलाई सरकारले कारबाहीको दायरामा ल्याउन सकेको छैन । यो सरासर राष्ट्रघात हो, जनविरोधी कदम हो । कोही न कोहीले बाला नलाग्ने धानको बीउको सिफारिस गरेरै किसानले धान रोपेका होलान्, घोगामा दाना नलाग्ने मकैको बीउ पनि सरकारी कर्मचारीले नै सिफारिस गरेर किसानले रोपेका होलान् । धानमा बाला नलागेपछि, मकैमा दाना नलागेपछि त्यसलाई छानबिन गरेर दोषी पत्ता लगाई उसलाई कारबाहीको दायरामा ल्याउनुपर्ने थियो । तर, पटक–पटक घटना दोहोरिइरहँदा पनि सरकारले त्यसलाई छानबिन गर्ने र दोषीलाई कारबाही गर्ने प्रयाससम्म पनि गरेको छैन । योभन्दा लाजमर्दो कुरो अर्को के हुन सक्छ ?


सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com