देशको सीमा व्यवस्थित गर

भारतले आफ्नो देशको नयाँ नक्सा सार्वजनिक गरेपछि नेपालको कालापानी र लिपुलेक मिचिएको कुरा बाहिर आएको छ । सरकारले परराष्ट्र मन्त्रालयको तर्फबाट डराइडराई बेनामे विज्ञप्ति पनि जारी गरेको छ र कालापानी र लिपुलेकमा आफ्नो देशको सीमा मिचिएको जनाएको छ । भारतले नयाँ नक्सा सार्वजनिक गरेपछि नेपालका सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका भातृसंस्थाहरुले सडकमा विरोध प्रदर्शन गरेर भारतलाई पछि हट्न दबाब दिएका छन् ।

दुई ठूला छिमेकी भारत र चीनको बीचमा रहेको नेपाल सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र राष्ट्र हो । दुबै छिमेकीसँग नेपालको खुला सिमाना रहेका छन् । भारतसँग सन् १९५० को सन्धि हुनुअघि नेपाल साँच्चै सुन्दर, शान्त र विशाल थियो । तर, त्यो सन्धिपछि नेपालको झण्डै ६० हजार वर्गमिटर जमीन भारतको भएको छ । त्यसपछि पनि भारतले नेपालको सीमा मिचेर झण्डै सात हजार नौ सय हेक्टर जमीन मिचेको छ । त्यस्तै अवस्था उत्तरी छिमेकीतिर पनि छ ।

२०१७ सालअघि नेपालको उत्तरी सीमा तिब्बतको टिंकर मैदानसम्म थियो । तर, त्यतिबेलाका राजा महेन्द्रले तानाशाही पञ्चायत व्यवस्थाप्रति दुई छिमेकीको समर्थन जुटाउन आफ्नो मुलुकको सीमा छाडेर खुम्च्याएको आरोप लाग्दै आएको छ । त्यसैबेला उत्तरको नेपाली सीमा सगरमाथाको पानीढलोमा कायम गरिएको र कालापानी भारतलाई सुम्पिएको आरोप लाग्दै आएको छ । तर, त्यसका बारेमा शासकहरुले आधिकारिकरुपमा केही बोलेका छैनन् । पञ्चायतको पतनपछि पनि त्यसका बारेमा कसैले मुख नखोल्नु रहस्यमय नै मानिएको छ ।

नेपालको सीमा कहाँ हो भनेर त्यसलाई व्यवस्थित गर्ने काम सरकारको हो । तर, त्यो काम किन गरिरहेको छैन भन्ने कुरा बुझ्न नसकिएको विषय बन्दै गएको छ । सरकारले आप्mनो देशको सीमा यथाशीघ्र व्यवस्थित गरोस् र अरुलाई गाली गरेर जनतालाई भ्रम छरेर क्रान्तिकारी बन्न सस्तो लोकप्रियताको झूठो खेती बन्द गरोस् ।


सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com