घरजग्गामै बैंकहरुको खर्ब लगानी

बैंकिङ क्षेत्रमा घरजग्गालाई सबैभन्दा सुरक्षित धितोको रुपमा लिने गरिन्छ । विश्वका सबैजसो मुुलुकहरुले बैंकिङ क्षेत्रमा गरेको अभ्यास पनि त्यही हो । त्यहीकारण पनि विकसित राष्ट्रहरुले पनि आफ्नो कुुल कर्जाको निकै ठूलो रकम घरजगा धितोमा प्रवाह गरेका हुुन्छन् । यसको अतिरिक्त विदेशी बैंकहरुले परियोजना र विश्वास र क्षमताको आधारमा दिइने कर्जामा पनि ठूलो परिमाणमा रकम लगानी गरेका हुुन्छन् ।

तर हाम्रो मुलुुकको अहिलेसम्म पनि परियोजना, शैक्षिक प्रमाणपत्र, योग्यताको धितोमा ठूलो परिमाणमा कर्जा प्रवाह भएको छैन । अहिले नेपाली बैंकिङ क्षेत्रको कुुल निक्षेप ३३ खर्ब ५६ अर्ब रुपैयाँको हाराहारीमा रहेको छ भने कुुल कर्जा रकम २९ खर्ब ७३ अर्ब रुपैयाँको हाराहारीमा रहेको छ । यसरी प्रवाह गरिएको कुुल कर्जा रकममा अधिकांश धितो घरजगा रहेको छ । यीबाहेक सेयर धितो, सवारीसाधन धितो, सुनचाँदी धितो लिएर कर्जा प्रवाह भएका छन् । कर्जाको प्रवाह गर्दा नेपाली बैंकिङ क्षेत्रमा झण्डै ६० प्रतिशत कर्जा घरजग्गा धितो लिएर दिइएको छ । घरजग्गालाई सुरक्षित धितोको रुपमा लिइने हुँदा पनि उक्त परिमाणमा कर्जा प्रवाह गरिएको हुनसक्छ ।

नेपाल राष्ट्र बैंकले पछिल्लो तथ्यांकअनुसार अहिले २८ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी २८ वटा विकास बैंक एवं २२ वटा फाइनान्स कम्पनीहरुले घरजग्गा क्षेत्रमा झण्डै चार खर्ब रुपैयाँको हाराहारीमा कर्जा प्रवाह गरेका छन् । सोमध्ये व्यक्तिगत आवास शीर्षकमा दुुई खर्ब ४३ अर्ब नौ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह भएको छ भने रियलस्टेट क्षेत्रमा एक खर्ब ४८ अर्ब ३० करोड रुपैयाँको हाराहारीमा कर्जा प्रवाह भएको छ । यीमध्ये वाणिज्य बैंकहरुले मात्र २८ खर्ब ७८ अर्ब रुपैयाँको हारीहारीमा निक्षेप संकलन गरी २५ खर्ब ५६ अर्ब रुपैयाँको हाराहारीमा कर्जा प्रवाह गर्दा व्यक्तिगत आवास र रियलस्टेट क्षेत्रमा झण्डै तीन खर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । सोमध्ये व्यक्तिगत आवासमा एक खर्ब ९० अर्ब ४१ करोड रुपैयाँको हाराहारीमा कर्जा प्रवाह भएको छ भने घरजग्गा क्षेत्रमा एक खर्ब १९ अर्ब ६३ करोड रुपैयाँको हाराहारीमा कर्जा प्रवाह भएको छ ।

विकास बैंकहरुले भने पछिल्लो अवधिमा तीन खर्ब ३९ अर्ब रुपैयाँको हाराहारीमा निक्षेप संकलन गरी तीन खर्ब ४७ अर्ब रुपैयाँको हाराहारीमा कर्जा प्र्रवाह गर्दा व्यक्तिगत आवास र रियलस्टेटमा झण्डै ७० अर्ब रुपैयाँको हाराहारीमा कर्जा प्रवाह गरेका छन् । यसैगरी फाइनान्स कम्पनीहरुले भने पछिल्लो समय ७७ अर्ब ७९ करोड रुपैयाँको हाराहारीमा निक्षेप संकलन गरी ६९ अर्ब ५८ करोड रुपैयाँको हाराहारीमा कर्जा प्रवाह गरेका छन् ।

सोमध्ये फाइनान्स कम्पनीहरुले रियल स्टेक र व्यक्तिगत आवासमा झण्डै १५ अर्ब रुपैयाँको हाराहारीमा कर्जा प्रवाह गरेका छन् । राष्ट्र बैंकले उत्पादमूलक क्षेत्रमा कर्जा प्रवाह गर भनिरहेको अवस्थामा यति ठूलो परिमाणमा रियलस्टेट क्षेत्रमा कर्जा प्रवाह हुनुु न्यायोचित होइन । यो कर्जा उत्पादनमूलक क्षेत्रमा प्रवाह भएको भए मुुलुकले आर्थिक विकासमा निकै ठूलो फड्को मार्ने थियो । तर अहिले बैंक तथा फाइनान्स कम्पनीहरुले खर्बौँ रुपैयाँ कर्जा अनुुत्पादक क्षेत्रमा प्रवाह गर्नुु राम्रो होेइन । सम्बन्धित निकायले यसबारे ध्यान दिनुु आवश्यक छ ।


सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com