ठेकेदारको दादागिरी

प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका काम बेलैमा सम्पन्न गर्नुपर्ने कुरामा चट्टानी अडान राखेपछि ठेकेदारहरू अत्तादिएर सडक आन्दोलनमा उत्रिएका छन् । तर, त्यसबाट प्रधानमन्त्री ओली टसमस भएका छैनन् । ठेकेदारहरूले सोमबारदेखि प्रधानमन्त्री निवासअगाडि धर्ना दिएका थिए । उनीहरूले धर्ना दिइरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले चालू आर्थिक वर्षको चौमासिक बैठकका सहभागी मन्त्री तथा सचिवहरूलाई समयमै काम सम्पन्न नगर्ने ठेकेदारहरूलाई हटाउन निर्देशन दिनुभएको छ । प्रधानपन्त्री ओलीको निर्देशनले कामचोर ठेकेदारहरूलाई निकै अफ्ठ्यारो पारेको छ । अफ्ठ्यारो परेकैले ठेकेदारहरूले आन्दोलन गरेका छन् । आन्दोलनमा निर्माण व्यवसायी महासंघले राखेका माग पनि जायज देखिँदैनन् ।

सम्झौताअनुसार काम गर्न नसके पनि कालोसूचीमा राख्न नहुने, सरकारी निर्माण कंम्पनी खारेज गर्नु पर्ने, काम गर्ने समय सकिएका आयोजनाको स्वतः नवीकरण गर्नु पर्नेजस्ता स्वार्थी माग राखेर ठेकेदारहरूले आन्दालन सुरु गरेका छन् । कामको ठेक्का लिएर बेलैमा काम नगर्ने ठेकेदारविरुद्ध जनताले पोस्टर अभियान सुरु गरेपछि त्यसका पछाडि सरकारको हात रहेको आशंकाले पनि ठेकेदारहरूलाई सताएको छ । पोस्टर अभियानले काम नगर्ने ठेकेदारहरूले समाजमा बेइज्जती खेप्नु परेको र मुखै देखाउन नहुने अवस्था आइपरेको छ । प्रधानमन्त्री ओलीले यसअघिका मन्त्रीले आफ्नो भावना र कर्मअनुसार विकास निमार्णलाई अघि बढाउन नसकेको निष्कर्ष निकालेर मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको थियो । मन्त्रिपरिषद् पुनर्गठनपछि प्रधानमन्त्री ओली झनै कडारूपमा प्रस्तुत हुँदा बेलैमा काम नगर्ने कामचोर ठेकेदारहरूले अफ्ठ्यारो महसुस गर्नु अस्वाभिक होइन ।

अहिले ठेकेदारहरू प्रधानमन्त्री ओलीका विरुद्ध सडकमा उत्रिएका छन् । त्यसो त प्रधानमन्त्री ओली पनि आफ्नो अडानबाट टसमस हुनुहुन्न, यो अवस्थामा मन्त्री र सचिवहरू कुन रूपमा कुन कित्तामा रहने हुुन भन्ने चासोको विषय बनेको छ । तर, मन्त्री र सचिवहरूले सोझै प्रधानमन्त्रीको विरोध गर्ने हैसियत राख्दैनन् । तर, उनीहरूकोे विरोधको स्वर ठेकेदारहरूको मुखबाट बाहिर निस्किएको होइन भनेर ठोकुवा गर्न सकिने अवस्था छैन । किनकि यसअघि प्रधानमन्त्री ओली स्वयंले केही मन्त्री र सचिवले मेरा नाममा घुस र कमिशन मागेको कुरा सुनेको कथा पुनर्गठित मन्त्रीहरूको स्वागतमा बोलाइएको सचिवहरूसहितको बैठकमा सुनाइसक्नुभएको छ । तर, पनि उहाँ आफ्नो अडानमा दृढ हुनुहुन्छ । उहाँको यो कदम स्वागतयोग्य छ । तर, यसको विरोधमा उत्रनु ठेकेदारहरूका लागि नयाँ ठेक्का हो । किनकि प्रधानमन्त्री ओलीको कदमले उनीहरूको ढिलासुस्त मात्रै होइन काम नै रोकिने अवस्था छ । आयोजना ओगटेर बस्ने सुविधा पाउने अवस्था पनि छैन ।

प्रधानमन्त्रीलाई नझुकाउँदा ठेकेदार आफैँ झुक्ने र खुम्चिने अवस्थामा छन् । प्रधानमन्त्रीले अडान नछाड्दा उनीहरू कामविहीन नहुनुपर्ने अवस्था पनि आउन सक्छ । त्यसकारण पनि प्रधानमन्त्री ओलीको विरोध ठेकेदारहरूका लागि अहिले आयोजनाको हेक्काभन्दा पनि नयाँ ठेक्का हो । त्यसैले उनीहरू ठेक्काका काम छाडेर प्रधानमन्त्रीको विरोधमा उत्रिएका छन् । तर, कामचोर ठेकेदारहरूले बुझनुपर्ने कुरा के हो भने प्रधानमन्त्री र जनता एकै ठाउँमा छन् । ठेकेदारहरूले यो बुझेर पनि बुझपचाइरहेका छन् । उनीहरूले यो अर्घेल्याई जानीजानी गरिरहेका छन् । काम नगर्ने पनि उनीहरू नै, काम गर भन्दा प्रधानमन्त्री ओलीलाई धारेहात लगाएर विरोध गर्ने पनि उनीहरू नै, यस्तो गर्न त मिल्दैन । ठेकेदारहरूले यो गर्न मिल्ने कुरा गरेका छैनन् । उनीहरू गलत छन् । उनीहरू नै सच्चिनु पर्दछ । यसरी दादागिरी देखाउन पाइँदैन ।


सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com