तथ्यांकमा देखिने विकास

नेपाल राष्ट्र बैंकले पछिल्लोपटक चालू आर्थिक वर्षको तीन महिनाको मुुलुकको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदन सार्वजनिक ग-यो । उक्त प्रतिवेदनमा आठवटा बुँदाहरुलाई मुलुकको प्रमुुख वित्तीय झलकको रुपमा प्रस्तुुत ग-यो । राष्ट्र बैंकले प्रस्तुुत गरेको आठवटा बुुँदाले मुुलुकको सिंगो वित्तीय अवस्थाको प्रतिनिधित्व गथ्र्यो, ती बुँदाहरुमा वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति छ दशमलव २१ प्रतिशत हुनुु, तीन महिनाको औसत मुद्रास्फीति छ दशमलव ४४ प्रतिशतमा सीमित रहनु, आयात १० दशमलव तीन प्रतिशतले घटेर निर्यात १४ दशमलव चार प्रतिशतले बढ्नु, विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा चार दशमलव नौ प्रतिशतले घट्नुु, शोधनान्तर स्थिति १४ अर्ब ४३ करोडले बचतमा रहनुु, कुल विदेशी विनिमय सञ्चिति १० खर्ब ८७ अर्ब ७३ करोड हुुनुु र उक्त सञ्चिति आठ महिना पाँच दिनको वस्तु तथा सेवा आयात धानिनुु, संघीय सरकारको बैंकिङ कारोबारमा आधारित खर्च एक खर्ब ७२ अर्ब ३३ करोड रुपैयाँमा सीमित रहनुु र राजस्व परिचालन दुुई खर्ब ११ अर्ब २८ करोड हुनुु, विस्तृत मुद्राप्रदाय तीन दशमलव दुुई प्रतिशतले बढ्नुु, बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन तीन प्रतिशतले र निजी क्षेत्रतर्फको कर्जा चार दशमलव तीन प्रतिशतले बढ्नु एवं वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १८ दशमलव छ प्रतिशत र कर्जाको वृद्धिदर १६ दशमलव दुुई प्रतिशतमा कायम रहनुु लगायतका बुुँदाहरुकै आधारमा मुुलुकको अर्थतन्त्र सहज भएको मानियो ।

राष्ट्र बैंकको सोही तथ्यांकलाई आधार मान्ने हो भने पनि चालू आवको पछिल्लो तीन महिनामा तीन खर्ब सात अर्ब ७८ करोड रुपैयाँको वैदेशिक व्यापारघाटा व्यहोरेको देखिन्छ । सो अवधिमा मुुलुकले कुल तीन खर्ब ३४ अर्ब ९५ करोड रुपैयाँबराबरको वस्तुु तथा सेवा आयात गर्दा जम्मा २७ अर्ब १७ करोड रुपैयाँबराबरको वस्तुु निर्यात गरेको देखिन्छ । तथ्यांकको तलमाथिभन्दा पनि आम नागरिकको जीवन शैली, आम्दानीको स्तर, मूल्यवृद्धि नियन्त्रण, पूर्वाधारको विकास, शिक्षा, स्वास्थ र रोजगारीमा आम नागरिकको पहुँच स्थापित भएको छ कि छैन हेरिनुुपर्छ ।

आन्तरिक उत्पादन बढेको छ कि छैन, हेरिनुुपर्छ, सार्वजनिक यातायातका क्षेत्रमा बेथिति अन्त्य भएको छ कि छैन, हेरिनुपर्छ, पर्यावरणीय चक्रमा सुधार आएको छ कि छैन हेरिनुुपर्छ । आम नागरिकको शिक्षासँगै कार्यगत दक्षता बढेको छ कि छैन, हेरिनुुपर्छ, खालि अंकमा केही तल माथि हुुँदैमा, के साँच्चै मुुलुकको अर्थमा सुुधार देखिएको हो त भनी सोच्नुुपर्ने बेला आएको छ, प्रतिशतमा केही तलमाथि हुँदैमा आम नागरिकको जीवनस्तरमा सकारात्मक परिवर्तन आएको छ त ? सरकारले गम्भीर भएर सोच्नुुपर्छ । किनभने तथ्यांक देखिने विकास मात्र विकास होइन । आम नागरिकको वास्तविक जीवनशैलीमा विकास देखिनुुपर्छ, यो कुरा राज्यले बुुझ्नुुपर्छ ।


सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com