सरकारको अपूरो छानबिन

मजदुरको नाममा नक्कली फर्म बनाएर राजस्व छलिएका छन् । कृषि फर्ममा लागि लिइएका कृषि अनुुदान अपचलन भएका छन् । विपन्न महिलाका लागि दिइने सहुुलियत कर्जा टाठाबाठा र सम्भ्रान्त महिलाहरुले लिएका छन् । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कुुहिएको अखाद्य चामल पखालेर बिक्री गरिरहेको छ । मेडिकल कलेजहरुले विद्यार्थीहरुसँग लिएको अतिरिक्त शुल्क फिर्ता गर्न मानेका छैनन् । निर्माणको ठेक्का लिएर काम सम्पन्न नगर्ने ठेकेदारहरुले अझै थुपै्रै ठेक्का पाइरहेका छन् । कर चुक्ता नगरेको कम्पनीले अरु काम गरिरहेको छ ।

यी विकृतिका केही उदाहरण मात्र हुुन् । यस्ता विकृति, विसङ्गति र अनियमितता हाम्रो मुुलुकमा जताततै पाइन्छ । के यस्ता विकृति यसको एउटा पक्ष मानिएको निजी क्षेत्रले मात्र गर्न सक्छ ? यो कदापी हुुन सक्दैन । यसमा अर्को पक्ष नियमनकारी निकाय हुन्छ, त्यो सरकार हो । सरकारमा रहेका व्यक्तिहरुको संलग्नताविना यस्ता कुुनै अनियमितता हुुनै सक्दैन ।

अहिले जननिर्वाचित दुुई तिहाइ बहुुमतको शक्तिशाली सरकारले निजी क्षेत्रलाई मात्र दोष देखाएर कारबाही अघि बढाएको छ । हरेक ठाउँमा दुुई पक्ष हुन्छ । सहुलियत कर्जा लिएर दुुरुपयोग गर्नेलाई अनुुगमन गर्नेले के ग-यो भनेर पनि केलाउनुु पर्दछ । दिनै नहुुने व्यक्तिलाई बैंकले किन सहुुलियत कर्जा दियो भनेर सरकारले छानबिन नगरी कर्जा लिनेलाई मात्र कारबाहीको दायरामा तान्नुु न्यायसम्मत हँंदैन । कर्जा दिने र त्यसको अनुुगमन गर्ने पक्षलाई पनि समेटेर छानबिन गर्नुपर्दछ । अनि त्यसको आधारमा कारबाही हुँदा समन्याय हुुन्छ । अन्यथा न्यायको नाउँमा विभेद हुुन जान्छ ।

बढी शुल्क लिने मेडिकल कलेजका सञ्चालकहरुले कसको आड र भरोसामा शुल्क फिर्ता गर भन्दा पनि गरिरहेका छैनन्, भन्ने कुरा पहिला छानबिन गरिनुु पर्दैन ? जनतालाई कुहिएको चामल खुुवाउने को हो ? त्यसको समग्र छानबिन नगरी एकाङ्गीरुपमा कारबाही गरिनुु हँुुदैन । आफ्नो कम्पनीमा काम गर्ने मजदुरहरुको नाउँमा फर्म खोलेर राजस्व छल्ने र नक्कली भ्याटबिल बनाएर कारोबार गर्ने व्यक्ति यहाँ प्रशस्त रहेका छन् । कुनै पनि व्यक्तिले एक्लैले यो सबै काम गरेको त हुँदैन ।

को–को छन् त्यसमा संलग्न भन्ने कुराको छानबिन नगरी त्यो मजदुरलाई मात्र कारबाही गर्नुु भनेको मुख्य अपराधीलाई जोगाउनुु हो । यस्ता हरेक कुर्कममा सरकारी कर्मचारी जोडिएको हुन्छ । तर, अहिलेसम्मको कारबाहीमा कर्मचारी पक्ष तानिएको छैन र यही कारणले त्यो वर्गले केही हुन्न भनेर ढुुक्कसँग बसेको मात्र छैन, उही धन्दा चालू राखेको छ । त्यही कारणले हाम्रो समाजमा यस्ता विकृति घट्नुुको साटो झन् बढिरहेका छन् । यसलाई रोक्न ती घटनामा संलग्न कर्मचारीहरुमाथि पनि छानबिन गरी उनीहरुलाई कारबाहीको दायरामा ल्याउनुु पर्दछ । अनि मात्र यस्ता विकृति दोहोरिँदैनन् ।


सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com