Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअमेरिकामा भारतीय कम्पनीले दिए १३ सय ३८ पेटेन्टको निवेदन

अमेरिकामा भारतीय कम्पनीले दिए १३ सय ३८ पेटेन्टको निवेदन


नयाँ दिल्ली, वैशाख १५
भारतीय कम्पनीहरुले अमेरिकामा सन् २०१८/०१९ मा १ हजार ३ सय ३८ वटा पेटेन्ट आवेदन दिएका छन् । सूचना प्रविधिसम्बन्धी उद्योगहरुको संगठन नास्कामको रिपोर्टअनुसार औषधि, आर्टिफिसियल इन्टेलिजेन्स, रसायन र सञ्चार प्रविधि क्षेत्रमा उक्त आवेदन दिइएको जनाइएको छ । जसमध्ये ५९ प्रतिशत प्रविधिसँग सम्बन्धित पेटेन्ट रहेको छ ।

यसमा कम्पयुटर प्रविधि, सञ्चार प्रविधि र एआई प्रमुख छन् । रिपोर्टअनुसार सूचना प्रविधि कम्पनी टाटा कन्सल्टेन्सी सर्भिसेज (टीसीएस), इन्फोसिसलगायत कम्पनी अगाडि छन् । उक्त रिपोर्ट सन् २०२० जनवरी ३१ सम्मको क्वेस्टेल अर्बिट पेटेन्ट डाटाबेसको लागि लिइएको तथ्यांकमा आधारित छ । त्यस्तै ४०.६ प्रतिशत गैरप्रविधि पेटेन्टको लागि निवेदन परेको छ । यसमा मुख्यतया रसायन, फर्मास्युटिकल्स र मेकानिकल क्षेत्र रहेका छन् ।

यस्ता पेटेन्टका निवेदन दिनेमा रिलायन्स इन्डस्ट्रिज, सनफर्मा, वेल्सपन र हिन्दुस्तान पेट्रोलियम कर्पोरेसन लिमिटेडलगायत छन् । सन् २०१५–२०१९ को अवधिमा भारतीय स्टार्ट अपबाट २ सय ८० भन्दा धेरै प्रविधि पेटेन्टका लागि आवेदन दिइएको थियो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया