जेनेभा, वैशाख १६
महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट विश्वभर दुई लाख ८ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ भने ३० लाख मानिस संक्रमित भएका छन् । संयुक्तराज्य अमेरिकामा २४ घण्टाको अवधिमा मृतकको संख्यामा अघिल्ला दिनको तुलनामा केही कमी आएको छ । विश्वविद्यालयका अनुसार २४ घण्टाको अवधिमा १ हजार ३३० जनाको मृत्यु भएको छ । योसहित अमेरिकामा विश्वमै सबैभन्दा बढी ५५ हजार ४ सय ९७ जनाको मृत्यु भएको छ भने युरोपेली मुलुकहरुमा मृतकको संख्या १ लाख २२ हजारको हाराहारीमा पुगेको छ ।
कोरोनाभाइरस सम्बन्धी तथ्याँक उपलब्ध गराउँदै आएको वल्र्डओमिटर्स डट इन्फोका अनुसार हालसम्म विश्वभर ८ लाख ८८ हजार बढी उपचारपछि घर फर्किएका छन् । अझै पनि ५७ हजार ६१३ जनाको स्वास्थ्य अवस्था निकै नाजूक अवस्थामा रहेको छ । हाल संक्रमित कूल संक्रमित १९ लाखमध्ये करिब १८ लाख ५० हजार अर्थात् झण्डै ९७ प्रतिशतको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
युरोपेली मुलुकहरुमध्ये इटालीमा २६ हजार ६४४ जना, स्पेनमा २३ हजार १९० जना, फ्रान्समा २२ हजार ८५६, बेलायतमा २० हजार ७३२ जना, बेल्जियममा ७ हजार ९४ जना, जर्मनीमा ५ हजार ९७६ जना, नेदरल्यान्ड्समा ४ हजार ४७५ जना, स्वीडेनमा २ हजार १९४ जना, स्वीट्जरल्यान्डमा १ हजार ६६० जना, आयरल्यान्डमा १ हजार ८७, पोर्चुगलमा ९०३ जना तथा रसियामा ७४७ जनाको मृत्यु भएको छ । यसैगरी, इरानमा ५ हजार ७१० जना, चीनमा ४ हजार ६३३ जना, ब्राजिलमा ४ हजार २८६ जना, टर्कीमा २ हजार ८०५ जना, क्यानाडामा २ हजार ५६० जना, मेक्सिकोमा १ हजार ३५१ जना, भारतमा ८८४, इन्डोनेसियामा ७४३ जना, इक्वेडरमा ५७६ जनाको मृत्यु भएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- कांग्रेस नेता अफताब आलमलाई जन्मकैदको सजाय
- मुख्यमन्त्री कँडेललाई विश्वासको मत
- आगलागीबाट ७९ घर जले, एकको मृत्यु
- उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान
- डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृतमा डंगोल नियुक्त
- सिटिजन लाइफद्वारा जेन जेड लक्षित कार्यक्रम सञ्चालन
- सय दिनको रोजगारीको लागि १५ हजार बढीको आवेदन
- सूर्य नेपाल काठमाडौं ओपनको दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया