भारतको मध्यप्रदेशमा दैनिक १२ हजार पीपीई उत्पादन

नयाँ दिल्ली, वैशाख १६
भारतको मध्य प्रदेश राज्यमा दैनिकरूपमा १२ हजार व्यक्तिगत सुरक्षा पोशाक (पीपीई) उत्पादन भइरहेको छ । कोरोनाभाइरसबाट संक्रमणको आशंका गरिएका वा संक्रमण भएका विरामीहरुलाई उपचार गर्ने स्वास्थ्यकर्मीहरुले पीपीई लगाउनुपर्ने भएकोले अहिले पीपीईको माग बढिरहेको छ । सरकारी अधिकारीका अनुसार मध्य प्रदेशमा दैनिक दश हजार पीपीईको माग भइरहेको छ । कोरोनाभाइरसको महामारी सुरु भएदेखि यस राज्यमा अहिलेसम्म झण्डै एक लाख ५० हजार पीपीई उत्पादन भइसकेको छ ।
उत्पादन भएकामध्ये करिब ७५ हजार पीपीई इन्दौर र भोपालमा पठाइएको प्रादेशिक औद्योगिक विकास केन्द्रका प्रवन्ध निर्देशक कुमार पुरुषोत्तमले जानकारी दिए । ‘मध्यप्रदेश राज्यमा दैनिक दश हजार पीपीईको आवश्यकता पर्दछ, जब कि दैनिक १२ हजार उत्पादन हुँदै आएको छ’, उनले भने । उनले प्रकाशित गरेको एउटा विज्ञप्तिमा करिब ४० हजार पीपीई भोपाल र इन्दौरमा भण्डारण गरेर राखिएको उल्लेख छ । उनीहरुले कतिपय अन्य जिल्लाहरुमा ती पीपीई पठाउन पनि थालेको वक्तव्यमा जनाइएको छ ।
उनले स्थानीय अधिकारीको सिफारिसका आधारमा ती पीपीईहरु पठाउने गरिएको पनि जानकारी दिए । एउटा भिडियो बैठकका क्रममा राज्यका मुख्यमन्त्री शिवराज सिंह चौहानले रक्षा अनुसन्धान तथा विकास संगठनले अनुमोदन गरेर पीपीई उत्पादन गर्न थालिएको जानकारी दिए । राज्य सरकारले नागरिकलाई अत्यावश्यक पर्ने मास्क पनि उत्पादन गरेर सुपथ मूल्यमा उपलब्ध गराइरहेको छ ।
ताजा अपडेट
- चालू आवको छ महिनामा विराटनगरको राजस्वमा वृद्धि
- सरकारको वित्त १२ अर्ब ७२ करोड रुपैयाँले घाटामा
- छ महिनामा ८६ प्रतिशत होला विकास खर्च ?
- भारतले उत्पादन गरेको कोरोना खोपलाई नेपालमा अनुमति
- प्रतिनिधिसभा विघटन मुद्दामा आजदेखि निरन्तर सुनुवाइ
- सवारी कर पनि ‘नागरिक एप्स’बाट संकलनको तयारी
- सर्वाेच्च संस्थाप्रतिको सम्मानमा प्रश्न नउठोस्
- ट्रम्पविरुद्ध दोस्रोपटक महाभियोग
धेरैले पढेको
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- विद्यार्थीलाई न्यानो कपडा वितरण
- निःशुल्क स्वास्थ्य शिविर
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- डिजिटल नेपाल र शिक्षा क्षेत्र
- लिवाङको आर्मी ब्यारेक परिसरमा ग्लोबल आईएमई बैंकको एटीएम सेवा
- अंग्रेजी नयाँ वर्षमा कालिञ्चोकमा १० हजार पर्यटक
- सडकलाई स्थानीयले निःशुल्क जग्गा उपलब्ध गराउनैपर्ने सरकारको निर्णय
तपाईको प्रतिक्रिया