मानिसको औसत आयु एक सय २० वर्ष पुग्ने वैज्ञानिकको उद्घोष
अमेरिका । कृत्रिम बौद्धिकता अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्ता प्रविधि र कोभिड–१९ महामारीबाट प्राप्त ज्ञानका कारण आगामी केही दशकमा मानव आयु एक सय २० वर्षसम्म बढ्ने अनुमान गरिएको स्वीडेनी टेलिभिजन (एसभीटी)ले आइतबार जनाएको छ ।
मालार्डालेन युनिभर्सिटी (एमडीयू)का अनुसन्धाता इग्नाट कुलकोभले भने, ‘हाम्रो प्राग्ज्ञान (रोगको पूर्वानुमान) अनुसार मानिसको आयु ५० वर्षभित्र कमसेकम विकसित राष्ट्रमा एक सयदेखि एक सय २० वर्षको बीचमा हुनेछ ।’
फिनल्याण्ड, फ्रान्स र संयुक्त अधिराज्य (बेलायत)का विश्वविद्यालयका सहकर्मीहरूसँग गरिएको एक अध्ययनको निष्कर्षबारे वैज्ञानिक पत्रिका ‘फ्युचर्स जर्नल’मा प्रकाशित भएको एक अध्ययनको निष्कर्षको बारेमा कुलकोभले बताए ।
उनले भने, ‘धेरैभन्दा धेरै मानिसहरूले आफ्नो स्वास्थ्य स्थितिबारे जानकारी राखिरहन शरीरमा पहिरिनयोग्य उपकरणहरू लगाउनेछन् । यी उपकरणहरू चिकित्सक र अस्पतालहरूसँग जोडिनेछन् ।’ कुलकोभले प्रसङ्गलाई थप जोड्दै भने, ‘यी सेन्सरहरूमध्ये केही ‘इम्प्लान्ट’को रूपमा हुनेछन् । परिणामस्वरूप यस्ता उपकरणहरूले चिकित्सकहरूलाई प्रारम्भिक चरणमा जीवनशैली परिवर्तन गर्न स्वास्थ्यमा सुधार र लामो आयुको साथ सिफारिस गर्न सक्षम बनाउनेछ ।’
अन्य क्षेत्रमा भएको प्रगतिले पनि लामो आयुमा योगदान पु¥याउने वैज्ञानिकहरूले पत्ता लगाएका छन् । कुलकोभले भने, ‘कोभिड–१९ को महामारीबाट भाइरसलाई कसरी बढी कुशलतापूर्वक पत्ता लगाउने भन्नेबारे राम्रो ज्ञान प्राप्त भएको छ । यसपहिले नै रोगहरूको छिटो निदान गर्न र नयाँ उपचारहरू विकास गर्न कृत्रिम बौद्धिकता (एआई)को प्रयोग गरिएको छ ।’
व्यक्तिगतरूपमा तयार पारिएका औषधिसँग व्यक्तिगत औषधिले पनि स्वास्थ्यमा सुधार ल्याउन योगदान पु¥याउने अपेक्षा गरिएको उनले बताए । ‘यद्यपि, त्यहाँ नयाँ चुनौतीहरू पनि छन्’, कुलकोभले भने । तर जलवायु परिवर्तनले भविष्यमा मात्र नभई अहिले नै हाम्रो स्वास्थ्य सेवा प्रणाली र हाम्रो जीवनमा सबैभन्दा ठूलो प्रभाव पार्ने उनले बताए ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- फुकोट कर्णालीको इआइए प्रतिवेदनमा सुझाव माग
- हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु
- सुमो चालक आचार्यको शव शङ्कास्पद अवस्थामा फेला
- १९औँ एसियाली खेलकुद : नेपालले महिला फुटबलमा बङ्लादेशसित बराबरी खेल्यो
- राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
- सूचनाको हकलाई दुरुपयोग गर्न हुन्न : सभामुख घिमिरे
- नेपाल क्रिकेट: कीर्तिमानी ब्याटर दीपेन्द्र र कुशलको कहानी यस्तो !
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा राष्ट्रिय निकुञ्जमा
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया