अमेरिकी बैंकहरुमाथि कडाइ गरिँदै
अमेरिका । अमेरिकी बैंकका नियामकहरुले ठूला बैंकहरुको पुँजी पर्याप्ततामा कडाइ गर्ने योजना सार्वजनिक गरेका छन् । अमेरिकी नियामक निकायहरु फेडरल रिजर्भ, मुद्रा नियन्त्रक कार्यालय र फेडरल डिपोजिट इन्स्योरेन्सले एक सय अर्ब डलरभन्दा बढी सम्पत्ति भएका बैंकहरुलाई ‘बासेल थ्री’ अनुसार पुँजी कोष कायम गर्ने योजना ल्याएका हुन् । नियामकहरुले सन् २०२८को सुरुवातसम्म बासेल थ्रीअनुसार पुँजी कोष कायम गर्न समय दिएका छन् ।
नियामकहरुले विकसित अन्तर्राष्ट्रिय मापदण्ड र हालैको क्षेत्रीय बैंकिङ संकटपछि ठूला बैंकहरुको पुँजी आवश्यकतामा कडाइ गर्न लागेको अमेरिकी सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । कठिन अवस्थामा पनि बैंकहरु कर्जा नोक्सानीबाट बच्न सकून् भनेर विश्वव्यापीरुपमा न्यूनतम पुँजी मापदण्ड कार्यान्वयन गर्ने सहमति नै ‘बासेल थ्री’ हो । ‘बैंक फर इन्टरनेसनल सेटलमेन्ट’ द्वारा स्विट्जरल्यान्डको बासेलमा गठित ‘बैंकिङ सुपरीवेक्षणसम्बन्धी बासेल समिति’मा सन् २००७/०८ को वित्तीय संकटपछि ‘बासेल थ्री’ लागू गर्ने सहमति भएकोे थियो ।
नियामकहरुको योजनापछि अब अमेरिकी बैंकहरुले प्रवाह गर्ने ऋण र अन्य गतिविधिको जोखिम मापनको मानक तय हुनेछ । यसअघि, बैंकहरुले स्वयम् जोखिमको मापन गर्दै आएका थिए । ‘बासेल थ्री’ लागू भएपछि बैंकहरुले सम्भावित नोक्सानीका विरुद्ध कायम राख्नुपर्ने आवश्यक पुँजीको स्तर व्यापकरुपमा बढ्ने बताइएको छ । नयाँ नियमपछि अमेरिकाका छवटा ठूला बैंकहरुले मात्रै सम्भावित नोक्सानीका लागि अर्बौँ डलर पुँजी छुट्याउनुपर्ने देखिएको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई मुद्दा दर्ता नगर्नुको कारण माग
- बीआरआई कार्यान्वयनको प्रतिबद्धतापछि मात्र पूर्वाधारमा सहयोग गर्ने चिनियाँ आश्वासन
- ‘खबरमा छु प्रिय’ विमोचन
- आन्दोलनरत डाक्टरहरु र सरकारबीच सहमति
- नेपाल र चीनबीच भएको सहमतिमा नौलो कुरा के छ ?
- अबदेखि होर्डिङ बोर्डमा विदेशी कलाकार देखिन नहुने
- शिक्षकका समस्या हल हुने गरी विधेयक पारित गर्नुपर्छ : सभापति देउवा
- योजना आयोगको उपाध्यक्षमा पूर्वसचिव नियुक्त
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया