ताइवानी कम्पनी फक्सकनले भारतमा लगानी बढाउने
भारत । विद्युतीय सामग्री तथा उपकरण उत्पादनका लागि विश्वभर प्रख्यात रहेको ताइवानी कम्पनी फक्सकनले भारतमा लगानी बढाउने भएको छ । फक्सकनले सूचना प्रविधिको क्षेत्रमा भारतीय बजारमा सम्भावना भएकाले थप लगानी गर्ने बताएको हो ।
फक्सकनका प्रमुख योङ लिउले भारतको तमिलनाडुमा १६ अर्ब रुपैयाँ लागतमा विद्युतीय उपकरण बनाउने कारखाना खोल्ने सहमति गरेको दुई दिनपछि थप लगानी गर्ने बताएका हुन् । फक्सकनले तमिलनाडुमा खोल्न लागेको इलेक्ट्रोनिक कम्पोनेन्ट उत्पादन गर्ने कारखानामा छ हजारभन्दा बढीले रोजगारी पाउने जनाएको छ । तमिलनाडुको चेन्नई नजिक रहेको कन्चिपुर जिल्लामा कारखाना स्थापना हुने भारतीय सरकारी अधिकारीहरुले जनाएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत शुक्रबार गुजरातको गान्धीनगरमा फक्सकनका प्रमुख योङलाई स्वागत गर्दै ‘सेमिकन्डक्टर’ उत्पादन गर्ने कारखाना स्थापना गर्न आग्रह गरेका थिए । प्रधानमन्त्री मोदीले संसारभरका लगानीकर्तालाई भारतमा चिप र सेमिकन्डक्टर बनाउने उद्योग खोल्न आह्वान गर्दै आएका छन् ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई मुद्दा दर्ता नगर्नुको कारण माग
- बीआरआई कार्यान्वयनको प्रतिबद्धतापछि मात्र पूर्वाधारमा सहयोग गर्ने चिनियाँ आश्वासन
- ‘खबरमा छु प्रिय’ विमोचन
- आन्दोलनरत डाक्टरहरु र सरकारबीच सहमति
- नेपाल र चीनबीच भएको सहमतिमा नौलो कुरा के छ ?
- अबदेखि होर्डिङ बोर्डमा विदेशी कलाकार देखिन नहुने
- शिक्षकका समस्या हल हुने गरी विधेयक पारित गर्नुपर्छ : सभापति देउवा
- योजना आयोगको उपाध्यक्षमा पूर्वसचिव नियुक्त
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया