Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकच्चा तेलको मूल्य घट्दै

कच्चा तेलको मूल्य घट्दै


काठमाडौं, वैशाख १७
कच्चा तेलको मूल्य मंगलबार पुनः ओरालो लागेको छ । उत्पादित तेलको पनि भण्डारण गृह भरिएको र मागमा कमी आएसँगै तेलको मूल्य घटेको रोयटर्सले जनाएको छ । विश्व महामारी कोरोनाभाइरसका कारण विश्व ठप्प हुँदा मागमा कमी आएको हो ।

अमेरिकी वेस्ट टेक्सास इन्टरमेडिएट (डब्ल्यूटीआई) कच्चा तेल सीएलसी१ फ्युचर मंगलबार प्रतिब्यारेल १०.६४ डलरसम्म झरेको थियो । सोमबार पनि डब्ल्यूटीआई २५ प्रतिशतसम्म ओरालो लागेको थियो । त्यस्तै ब्रेन्ट क्रुड एलसीओसी१ फ्युचर पनि ४.५ प्रतिशतले घटेर १८.८५ अमेरिकी डलर पुगेको थियो । त्यस्तै बेन्चमार्क ६.८ प्रतिशतले घटेको थियो ।

गत हप्तामात्रै डब्ल्यूटीआई शून्यभन्दा तल पुगेको थियो । कच्चा तेल निर्यातकर्ता देशहरुको समूह ओपेक र रुसले नेतृत्व गरेको निर्यातकर्ता देशले उत्पादन कटौती गरे पनि तेलको मूल्य झर्ने क्रम रोकिएको छैन । गत हप्तासम्म भण्डारण गृहमा समेत ८५ प्रतिशत तेल जम्मा भइसकेको एजेन्सीहरुले जनाएका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया