Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतमा २९ हजार ४ सय ३५ संक्रमित हुँदा ९ सय ३४ ज्यान गयो

भारतमा २९ हजार ४ सय ३५ संक्रमित हुँदा ९ सय ३४ ज्यान गयो


नयाँ दिल्ली, वैशाख १७
भारतमा ‘कोविड–१९’ संक्रमितको संख्या २९ हजार ४ सय ३५ भएको मंगलबार जनाइएको छ । गएको २४ घन्टायता भारतमा एक हजार ५ सय ४३ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन । मङगलबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोविड १९’ का संक्रमितहरूको संख्या २९ हजार ४३५ जना पुगेको यहाँँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको हो ।

उक्त मन्त्रालयका अनुसार भारतभर गएको २४ घन्टायता मृत्यु हुनेको संख्या ६२ जना रहेको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ९३४ पुगेको छ । भारतमा देखिएका यी संक्रमितहरूमध्ये ६ हजार ८ सय ६८ जना भने उपचारपछि निको भएर फर्किएका छन् । मन्त्रालयले दिएको जानकारीअनुसार हाल यहाँ २१ हजार ६ सय ३२ कोरोनाका संक्रमित विरामी अस्पतालमा उपचाररत रहेका छन् ।

सुरुदेखि नै भारतको महाराष्ट्र कोरोना भाइरसबाट अत्यन्त प्रभावित राज्यको रूपमा रहेको यहाँँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मङ्गलबार पनि यो क्रम जारी नै रहेको उक्त मन्त्रालयले जानकारी दिएको छ । महाराष्ट्र राज्यमा मात्र संक्रमितहरूको संख्या ८ हजार ५ सय ९० जना पुगेको उक्त मन्त्रालय बताएको छ । यसैबीच महाराष्ट्रमा ३ सय ६९ जनाको निधन भएको छ । संक्रमित मध्ये १ हजार २ सय ८२ जना भने निको भएका छन् ।

महाराष्ट्रपछि गुजरात यस भाइरसको संक्रमण दोस्रो स्थानमा रहेको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आज दिएको जानकारीअनुसार गुजरातमा ३ हजार ५ सय ४८ सक्रमित रहेका छन् । संक्रमितमध्ये २ सय ९४ जना निको भएका छन् भने १ सय ६२ जनाको भने मृत्यु भएको छ ।

दिल्लीमा ३ हजार १०८ मा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमित मध्ये ५४ को ज्यान गएको छ । यसैबीच ८७७ जना उपचारपछि घर फर्किएका समाचारमा जनाइएको छ । भारतमा यसरी दिन प्रतिदिन नयाँ नयाँ संक्रमितहरू थपिँदै जानु चुनौतीपूर्ण भएको यहाँका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।

भारतको राजस्थान, ममध्यप्रदेश, तमिलनाडू, उत्तरप्रदेश, केरला राज्यमा उच्च संक्रमित रहेका र कैयौको ज्यान गएको छ । भारतमा संक्रमण बढदै गएपछि सरकारले कोरोना भाइरस (कोविड–१९) को संक्रमण रोक्नको बन्दाबन्दी (लकडाउन) लाई आगामी मे महिनाको ३ तारिखसम्म लम्ब्याएको घोषणा गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत महिना घोषणा गरेको २१ दिने लकडाउनको अवधि समाप्त हुँदै गरेको अवस्था पुनः १९ दिनको लकडाउनलाई जोडिएको घोषणा गरेका थिए । (रासस/एएनआई)


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया