पाकिस्तानका कैयौँ जिल्लामा जमघट र सभा गर्न प्रतिबन्ध
पाकिस्तान । पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) का अध्यक्ष इमरान खानलाई पक्राउ गरेपछि पञ्जाबका विभिन्न जिल्लामा सात दिनका लागि जमघट र सभासम्मेलन गर्न प्रतिबन्ध लगाइएको छ । प्रशासनले जारी गरेको सूचनाअनुसार कसुर, झेलम, मियांवाली, मण्डी बहाउद्दीन र रावलपिण्डी जिल्लामा धारा एक सय ४४ अनुसार विरोधका कार्यक्रम वा जमघटलाई प्रतिबन्ध लगाएको हो ।
स्थानीय अधिकारीले भनेका छन्, ‘धारा एक सय ४४ अन्तर्गत सात दिनका लागि सबै प्रकारका जमघट, सार्वजनिक सभा, प्रदर्शन, धर्ना र -यालीमा प्रतिबन्ध लगाइएको छ ।’ आदेशमा भनिएको छ, ‘आदेश उल्लंघन गर्नेलाई कडाइका साथ कारबाही गरिनेछ ।’ इमरान खानलाई पक्राउ गर्ने अदालतको फैसलापछि प्रदर्शन हुनसक्ने आशंकाका बीच प्रहरीले शनिबारदेखि इस्लामावाद र रावलपिण्डीमा उच्च सुरक्षा सावधानी अपनाएको छ ।
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई तोशाखाना प्रकरणमा ‘भ्रष्ट आचरण’ का लागि दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय सुनाएलगत्तै उनलाई जमान पार्कस्थित निवासबाट पक्राउ गरिएको छ । प्रहरी प्रवक्ताका अनुसार संघीय प्रहरीले इस्लामाबादमा उच्च सतर्कता अपनाएको घोषणा गरेको छ । प्रहरीले एक विज्ञप्ति जारी गरी भनेको छ, ‘सबै अधिकारीलाई आ–आफ्नो क्षेत्रमा बस्न र संघीय राजधानीका सबै क्षेत्रमा चेकजाँच बढाउन निर्देशन दिइएको छ ।’
रावलपिण्डीका प्रहरी अधिकारीहरूलाई पनि पीटीआई समर्थकहरूको सम्भावित विरोध प्रदर्शनलाई नियन्त्रण गर्न विशेष निर्देशनसहित उच्च सतर्कतामा राखिएको छ । एआरवाई न्यूजका अनुसार प्रहरी अधिकारीहरूले मातहतका अधिकारीहरूलाई स्थितिमाथि निगरानी राख्न भनेका छन् । खानलाई दोषी ठहर गरी पक्राउ गरेलगत्तै शनिबार पीटीआईले पाकिस्तानमा कानुन र संविधानको परिधिभित्र रहेर शान्तिपूर्ण विरोध प्रदर्शन गर्न आह्वान गरेको थियो । सर्वोच्च अदालतले तोशाखाना प्रकरणको विचारणीयताविरुद्ध दायर गरेको पुनरावलोकन याचिकाको सुनुवाइ गर्न पनि अनुरोध गरेको छ ।
पाकिस्तानको एक जिल्ला तथा फौजदारी अदालतले इमरान खानलाई तोशाखाना मुद्दामा तीन वर्षको जेल सजाय सुनाएको छ र उनलाई पाँच वर्षका लागि राजनीतिबाट अयोग्य घोषित गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । पीटीआईले आफ्नो संगठन र राजनीतिक कार्ययोजनाका लागि इमरान खानको निर्देशनअनुसार कारबाही सुरु गरेको र फौजदारी अदालतको फैसलालाई सिंगो राष्ट्रले अस्वीकार गरेको जनाएको छ ।
इमरान खानको लाहोर जमान पार्कस्थित निवासबाहिर वकिलसहित पीटीआईका समर्थकले उनको गिरफ्तारीको विरोध गरेका छन् । खैबर पख्तुनख्वाको बन्नूमा पनि पीटीआई समर्थकहरूले खानको पक्षमा प्रदर्शन गरेका छन् ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किए, उनको ‘लामो अनुपस्थिति’लाई लिएर उठे यस्ता प्रश्न ?
- फ्लाई दुबईको जहाजबाट बिमानस्थलमा २.७ किलो सुन बरामद
- अर्थतन्त्र सुधारोन्मुख रहेकाले निराश नहुन उद्योगीहरूलाई अर्थमन्त्री डा महतको आग्रह
- चीनबाट अपेक्षाकृत लाभ लिन नेपाल चुक्यो स् प्रदेश प्रमुख शेरचन
- घोराही–तुलसीपुर चार लेन मर्मत हुँदै
- नेपाल दलित सङ्घको अध्यक्षमा विश्वकर्मा
- एमाले कर्णाली प्रदेश अध्यक्षमा तीन जनाबीच प्रतिस्पर्धा
- मनसुन बाहिरिन अझै केही दिन लाग्ने
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया