Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजार३ अर्ब बढी गुमाए पनि यो वर्ष नाफामै रहने फक्सवागनको अनुमान

३ अर्ब बढी गुमाए पनि यो वर्ष नाफामै रहने फक्सवागनको अनुमान


लन्डन, वैशाख १८
फक्सवागनले चालू वर्षमा नाफामै रहने अनुमान प्रक्षेपण गरेको छ । कम्पनीले विश्व महामारी कोरोनाभाइरसको सामना गरे पनि नाफामै रहने अनुमान गरेको हो । विश्वकै ठूलो कार निर्माता कम्पनीले बुधबार पहिलो त्रैमासिकमा ९७ करोड ८० लाख डलर नाफा गुमाएको जनाएको छ । १ वर्षअघि कम्पनीले ३ अर्ब ३० करोड डलर नाफा आर्जन गरेको थियो ।

सवारीसाधन बिक्री घटेसँगै उक्त नाफा गुमाउनुपरेको कम्पनीको भनाइ छ । कम्पनीका अनुसार यो वर्ष सन् २०१९ मा भन्दा कम नाफा हुने भए पनि सकारात्मक नै रहने अनुमान गरेको छ । औडी र पोर्ची तथा सिट ब्रान्डको समेत स्वामित्वकर्ता कम्पनीले २५ प्रतिशत बिक्री घटेको जनाएको छ । जुन १९ लाख अमेरिकी डलर हो । त्यस्तै कम्पनीले २० लाख डलरको डेलिभरी गुमाएको पनि उल्लेख गरेको छ । त्यसो त पहिलो त्रैमासिकमा सबै व्यवसायले क्षति व्यहोरेका छन् । कतिपयले रोजगारी नै कटौती गर्नुपरेको छ ।

यसैबीच, अर्को सवारीनिर्माता फोर्डले पहिलो त्रैमासिकमा १ अर्ब ९० करोड डलर घाटा व्यहोरेको मंगलबार जनाएको छ । चालू त्रैमासिकमा कम्पनीले ५ अर्ब डलर नोक्सानी व्यहोर्नुपर्ने कम्पनीले चेतावनी दिएको छ । युरोपमा फक्सवागनलगायत मुख्य कार निर्माताले पुनः काम सुरु गरेका छन् । फक्सवागनले वल्फवर्गमा सबैभन्दा ठूलो कार निर्माण प्लान्टमा काम सुरु गरिसकेको छ । चीनमा पनि सबै कार प्लान्ट काममा फर्किसकेको कम्पनीले जनाइसकेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x