ब्रिक्समा थपिए छ सदस्य
दक्षिण अफ्रिका । उदीयमान राष्ट्रहरुको संगठन ब्रिक्समा छ सदस्य थपिएका छन् । ब्रिक्स मध्यम आय र द्रुत आर्थिक वृद्धि भएका देशहरुको समूह हो । ब्रिक्सको सदस्यमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका छन् । अगस्ट २२ देखि दक्षिण अफ्रिकाको जोहानेश्वर्गमा भेला भएका ब्रिक्स समूहमा आवद्ध नेताहरुले छ नयाँ सदस्य थप्ने निर्णय गरेका हुन् ।
दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले नयाँ सदस्य थपिएको घोषणा गरेका हुन् । उनका अनुसार जनवरी १ देखि आबद्ध हुनेगरी गणतन्त्र अर्जेन्टिना, अरब गणतन्त्र इजिप्ट, संघीय लोकतान्त्रिक गणतन्त्र इथियोपिया, इस्लामिक गणतन्त्र इरान, साउदी अरब र संयुक्त अरब इमिरेट्स जोडिनेछन् । ती देशहरु ब्रिक्सको पूर्णसदस्य बन्नेछन् । सम्मेलनको आयोजक राष्ट्र दक्षिण अफ्रिकाले यसअघि ४० भन्दा बढी देशले ब्रिक्समा आबद्ध हुन चाहेको बताएको थियो ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- बझाङमा आजै दुईचोटी गएको भूकम्पले क्षति
- आरजुलाई २ करोड दिएको अडियो सार्बजनिक गरेपछि फिदिम नगर सभापति गुरुङमाथि कांगेसको दण्ड ! के हो २ करोड काण्ड ?
- निर्वाचन प्रणाली तथा व्यवस्थापन प्रकृयामा आधारभूत सुधारको खाँचो: डा. उप्रेती
- १९ सय ५८ बिन्दुमा खुम्चियो सेयर बजार, सबै सुचक रातै
- बाजुरामा ५.३ रेक्टरको भूकम्प
- व्यक्तिहत्याका रिगलको कैद सजाय माफीविरुद्ध रिट
- नेपालगञ्जमा कर्फ्यू जारी भएसँगै स्थिति सामान्य
- तनहुँमा फस्टाउँदो ड्रागन खेती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया