ब्याजदर बढाउने अमेरिकी केन्द्रीय बैंकको संकेत
अमेरिका । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ (फेड)ले ब्याजदर थप बढाउने संकेत गरेको छ । फेडका अध्यक्ष जेरोम पावेलले शुक्रबार मुद्रास्फीति कम गर्न ब्याजदर थप बढाउनुपर्ने संकेत गरेका हुन् । यसका लागि फेड सावधानीपूर्वक अगाडि बढ्ने पावेलले बताए ।
‘हामी उपयुक्त भएमा थप दरहरू बढाउन तयार छौं र मुद्रास्फीति हाम्रो उद्देश्यतिर दिगोरूपमा तल सर्दैछ भनेर विश्वस्त नभएसम्म नीतिलाई प्रतिबन्धितस्तरमा राख्ने कोसिस गर्नेछौं’ अध्यक्ष पावेलले वायोमिङमा ज्याक्सन होल इकोनोमिक सिम्पोजियममा भने । उनको यो सन्देश एक वर्षअघिको जस्तो डरलाग्दो नभए पनि जोडदार रूपले ब्याजदर बढाउनेतर्फ छ । यससँगै अमेरिकामा लगानीकर्ताहरूले वर्षको अन्त्यमा अर्को दरमा वृद्धि हुने सम्भावना बढेको बताएका छन् ।
पावेलले मुख्य सम्बोधनमा भनेका छन्, ‘हामी थप कडाइ गर्ने वा नीतिगत दरलाई स्थिर राख्ने र थप डेटा पर्खने निर्णय गर्दा सावधानीपूर्वक अगाडि बढ्नेछौं ।’ करिब १८ महिनाको अवधिमा ११ पटक दर वृद्धि भए पनि यूएस बेन्चमार्कमा उधारो दर पाँच दशमलव २५ देखि पाँच दशमलव ५० प्रतिशतको बीचमा बस्ने र यो २२ वर्ष यताकै उच्चस्तरमा कायम हुनेछ ।
यद्यपि, ब्याजदर वृद्धिको द्रूत चक्रले अमेरिकाको मुद्रास्फीतिलाई कम गर्न असफल भएको छ । पछिल्लो समय मुद्रास्फीति वृद्धिदरको वृद्धि तीव्रस्तरबाट सुस्त भए पनि फेडले लिएको दुई प्रतिशतको दीर्घकालीन लक्ष्यभन्दा माथि छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- सरकार र चिकित्सकबीच सहमति, आन्दोलन फिर्ता
- प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किए, उनको ‘लामो अनुपस्थिति’लाई लिएर उठे यस्ता प्रश्न ?
- फ्लाई दुबईको जहाजबाट बिमानस्थलमा २.७ किलो सुन बरामद
- अर्थतन्त्र सुधारोन्मुख रहेकाले निराश नहुन उद्योगीहरूलाई अर्थमन्त्री डा महतको आग्रह
- चीनबाट अपेक्षाकृत लाभ लिन नेपाल चुक्यो स् प्रदेश प्रमुख शेरचन
- घोराही–तुलसीपुर चार लेन मर्मत हुँदै
- नेपाल दलित सङ्घको अध्यक्षमा विश्वकर्मा
- एमाले कर्णाली प्रदेश अध्यक्षमा तीन जनाबीच प्रतिस्पर्धा
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया