‘भारतसँग मंगल र शुक्रग्रहमा पुग्ने सामर्थ्य छ’
भारत । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)का अध्यक्ष एस सोमनाथले चन्द्रमा, मंगल र शुक्रग्रहको यात्रा गर्न भारत सक्षम रहेको बताएका छन् । तिरुवनन्तपुरममा पत्रकारहरूसँग कुरा गर्दै उनले जुनसुकै ग्रहमा पुग्नसक्ने सामर्थ्य भारतको रहेको दाबी गरेका हुन् ।
इसरोका वैज्ञानिकको आत्मविश्वास बढाउन आवश्यक भएको उल्लेख गर्दै उनले प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्तुत गरेको लक्ष्य पूरा गर्न इसरो तयार रहेको बताए । उनले भने, ‘हामीलाई थप लगानीको खाँचो छ, अन्तरिक्ष क्षेत्रको विकास गर्नुपर्छ र यसबाट सिंगो राष्ट्रको विकास गर्नुपर्छ, त्यो हाम्रो लक्ष्य हो ।’ इसरोले चन्द्रयान–३ परियोजना पर्याप्त लगानीका बाबजुद सफलतापूर्वक सम्पन्न गरेको उनले बताए ।
यसअघि शनिबार नै प्रधानमन्त्री नरेन्द्र मोदी बेङ्गलुरुको इसरो मुख्यालयमा पुग्दा उनलाई स्वागत गरिएको थियो । उनले तेस्रो चन्द्रयान टोलीमा संलग्न इसरोका महिला वैज्ञानिकका साथै अन्य वैज्ञानिकहरूको टोलीलाई भेटेर अबदेखि हरेक वर्ष अगस्ट २३ लाई राष्ट्रिय अन्तरिक्ष दिवसको रूपमा मनाइने घोषणा गरेका थिए । गत बुधबार साँझ चन्द्रमाको दक्षिण ध्रुवमा चन्द्रयान–३ सफलतापूर्वक अवतरण भएको थियो । चद्रमाको दक्षिणी ध्रुवमा यान अवतरण गराउने भारत पहिलो देश बनेको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किए, उनको ‘लामो अनुपस्थिति’लाई लिएर उठे यस्ता प्रश्न ?
- फ्लाई दुबईको जहाजबाट बिमानस्थलमा २.७ किलो सुन बरामद
- अर्थतन्त्र सुधारोन्मुख रहेकाले निराश नहुन उद्योगीहरूलाई अर्थमन्त्री डा महतको आग्रह
- चीनबाट अपेक्षाकृत लाभ लिन नेपाल चुक्यो स् प्रदेश प्रमुख शेरचन
- घोराही–तुलसीपुर चार लेन मर्मत हुँदै
- नेपाल दलित सङ्घको अध्यक्षमा विश्वकर्मा
- एमाले कर्णाली प्रदेश अध्यक्षमा तीन जनाबीच प्रतिस्पर्धा
- मनसुन बाहिरिन अझै केही दिन लाग्ने
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया