अमेरिकी वाणिज्य सचिव व्यापारिक सम्बन्ध सुधार्न चीन भ्रमणमा
चीन । अमेरिकी वाणिज्य सचिव जीना रायमन्डो विश्वका दुई ठूला अर्थतन्त्रबीचको व्यापारिक सम्बन्ध सुधार्ने उद्देश्यले चीन भ्रमणका लागि आइतबार बेइजिङ पुगेकी छिन् । रायमन्डोले चीन प्रस्थान गर्नुअघि आफू व्यावहारिक भएर वार्ता गर्ने बताएकी थिइन् ।
अमेरिकाले विश्वको चिप बजारमा चीनको पहुँच रोक्ने कदमहरु चालेपछि अमेरिका–चीनबीचको सम्बन्ध तनावपूर्ण छ । बेइजिङले प्रख्यात चिप कम्पनी माइक्रोन टेक्नोलोजीबाट ढुवानीमा प्रतिबन्ध लगाइरहेको छ । अमेरिकी कम्पनी मिन्ट्ज समूहलाई स्वीकृत नभएको कार्य गरेपछि एक दशमलव पाँच मिलियन जरिबाना गरेको थियो ।
रायमन्डोलाई चीनका वाणिज्य मन्त्रालयका अधिकारी लिन फेङले स्वागत गरेका छन् । रायमन्डोले सोमबार र मंगलबार बेइजिङमा चिनियाँ अधिकारीहरुसँग द्विपक्षीय भेटवार्ता गर्नेछिन् । त्यसपछि सांघाही जानेछिन् । रायमन्डोले बिहीबार राष्ट्रपति जो बाइडेनसँग आफ्नो भ्रमणको बारेमा कुरा गरेकी थिइन् । सोही कारण उनको चीन भ्रमणले चीनसँगको तनाव कम गर्नसक्ने रुपमा हेरिएको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किए, उनको ‘लामो अनुपस्थिति’लाई लिएर उठे यस्ता प्रश्न ?
- फ्लाई दुबईको जहाजबाट बिमानस्थलमा २.७ किलो सुन बरामद
- अर्थतन्त्र सुधारोन्मुख रहेकाले निराश नहुन उद्योगीहरूलाई अर्थमन्त्री डा महतको आग्रह
- चीनबाट अपेक्षाकृत लाभ लिन नेपाल चुक्यो स् प्रदेश प्रमुख शेरचन
- घोराही–तुलसीपुर चार लेन मर्मत हुँदै
- नेपाल दलित सङ्घको अध्यक्षमा विश्वकर्मा
- एमाले कर्णाली प्रदेश अध्यक्षमा तीन जनाबीच प्रतिस्पर्धा
- मनसुन बाहिरिन अझै केही दिन लाग्ने
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया