चिनियाँ विद्युतीय कार निर्माता बीवाईडी र एक्सपेङले किने दुई ठूला कम्पनी
चीन । चिनियाँ कार निर्माता कम्पनी बीवाईडीले अमेरिकी फर्म जबिलको मोबिलिटी व्यवसाय दुई दशमलव १७ बिलियन डलरमा किन्ने भएको छ । विद्युतीय सवारीसाधन निर्माता कम्पनी बीवाईडीले अमेरिकामा आधारित उत्पादन कम्पनी जबिल इंकको सिंगापुर डिभिजनसँग चीनमा आफ्नो मोबिलिटी व्यवसाय १५ दशमलव आठ बिलियन युआन अर्थात् दुई दशमलव १७ बिलियन डलरमा खरिद गर्न सम्झौता गरेको छ ।
यस्तै चिनियाँ विद्युतीय कार निर्माता कम्पनी एक्सपेङले पनि भाडामा यातायात सेवा प्रदान गर्ने दिदीले सञ्चालन गरेको विद्युतीय सहायक कम्पनी किन्ने घोषणा गरेको छ । एक्सपेङले सोमबार सो कम्पनी ७४ करोड अमेरिकी डलरमा खरिद गर्ने र नयाँ ब्रान्डका सवारीसाधन सार्वजनिक गर्ने घोषणा गरेको हो ।
एक्सपेङ सन् २०१५ मा चीनको दक्षिणी प्रान्त गुआङडोङमा स्थापना भएको विद्युतीय कार निर्माता कम्पनी हो । दिदी चीनको अग्रणी कार–हेलिङ्ग एप हो । यो एपले विद्युतीय सवारी डिजाइन गर्ने सहायक कम्पनी पनि सञ्चालन गर्दै आएको छ । एक्सपेङले दिदीसँग सहायक कम्पनी किन्ने सम्बन्धमा सम्झौता गरिसकेको छ ।
एक्सपेङ र दिदीबीच भएको यो सम्झौतालाई चिनियाँ लगानीकर्ताले स्वागत गरेका छन् । चिनियाँ सेयरबजारमा एक्सपेङको सेयर सोमबार करिब १३ प्रतिशतले बढेको थियो । युरोपमा समेत आफ्ना उत्पादन बिक्री गर्दै आएको एक्सपेङले १४ हजार चार सयभन्दा बढी मानिसलाई रोजगारी दिँदै आएको छ । एक्सपेङले सन् २०२३ को पहिलो छ महिनामा ४१ हजार चार सय ३५ वटा गाडी बिक्री गरिसकेको छ ।
हरितगृह ग्यास उत्सर्जन गर्ने विश्वकै सबैभन्दा ठूलो देश चीनले सन् २०३५ सम्ममा अधिकांश कार बिक्री विद्युतीय र हाइब्रिड बनाउने लक्ष्य राखेको छ । बीवाईडी, नियो र एक्सपेङजस्ता कम्पनीहरूद्वारा सञ्चालित उदार खरिद अनुदानले हालैका वर्षहरूमा विद्युतीय सवारीसाधानको उत्पादनमा उछाल ल्याएको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई मुद्दा दर्ता नगर्नुको कारण माग
- बीआरआई कार्यान्वयनको प्रतिबद्धतापछि मात्र पूर्वाधारमा सहयोग गर्ने चिनियाँ आश्वासन
- ‘खबरमा छु प्रिय’ विमोचन
- आन्दोलनरत डाक्टरहरु र सरकारबीच सहमति
- नेपाल र चीनबीच भएको सहमतिमा नौलो कुरा के छ ?
- अबदेखि होर्डिङ बोर्डमा विदेशी कलाकार देखिन नहुने
- शिक्षकका समस्या हल हुने गरी विधेयक पारित गर्नुपर्छ : सभापति देउवा
- योजना आयोगको उपाध्यक्षमा पूर्वसचिव नियुक्त
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया