भारतले खाना पकाउने ग्यासको मूल्य घटायो
भारत । भारतले खाना पकाउने ग्यासको मूल्यमा दुई सय रुपैयाँ कटौती गरेको छ । केन्द्र सरकारले भारतभरका घरपरिवारलाई राहत दिने उद्देश्यले खाना पकाउने ग्यासको मूल्य कटौती गरेको हो । केन्द्रीय मन्त्रिपरिषद्को निर्णयबारे पत्रकारहरूलाई जानकारी दिँदै सूचना तथा प्रसारण मन्त्री अनुराग सिंह ठाकुरले यो निर्णय प्रधानमन्त्री नरेन्द्र मोदीले ओणम र रक्षाबन्धनमा देशका महिलाहरूलाई उपहार दिएको बताएका छन् ।
केन्द्र सरकरको यो निर्णय बुधबारदेखि नै लागू भएको छ । १४ दशमलव दुई केजीको ग्यास सिलिन्डरको मूल्य देशभर दुई सय रुपैयाँले घटेको छ । यो निर्णयपछि ग्यासको मूल्य प्रतिसिलिन्डर एक हजार एक सय तीन रुपैयाँबाट घटेर नौ सय तीन रुपैयाँमा झरेको छ । उज्ज्वला परिवारले भने प्रतिसिलिन्टर दुई सय रुपैयाँको विद्यमान लक्षित अनुदानको अतिरिक्त हो । जसअनुसार उज्ज्वला लाभग्राहीले प्रतिसिलिन्डर सात सय तीन रुपैयाँमा ग्यास पाउनेछन् । भारतमा करिब नौ करोड ६० लाख उज्ज्वला परिवार एलपीजी ग्यासको उपभोक्ता छन् ।
मन्त्री ठाकुरले वर्तमान सरकारले महिलाहरूको विकासको लागि धेरै योजनाहरू सुरु गरेको पनि जानकारी गराएका छन् । उनले पक्की घर, शौचालय, अतिरिक्त खाद्यान्न र प्रत्यक्ष लाभ स्थानान्तरणलगायतका सुविधा दिने योजना रहेको बताए ।
भारत आफ्नो प्राकृतिक ग्यासको आवश्यकताको ६० प्रतिशत आयातमा निर्भर छ । उज्ज्वलाको बाँकी आवेदनलाई स्वीकृत गर्न र सबै योग्य परिवारहरूलाई डिपोजिट–फ्री ग्यास सहयोग प्रदान गर्न, सरकारले चाँडै गरिब परिवारका ७५ लाख महिलाहरूलाई पीएमयूवाई कनेक्सन वितरण सुरु गर्ने बताएको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- फुकोट कर्णालीको इआइए प्रतिवेदनमा सुझाव माग
- हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु
- सुमो चालक आचार्यको शव शङ्कास्पद अवस्थामा फेला
- १९औँ एसियाली खेलकुद : नेपालले महिला फुटबलमा बङ्लादेशसित बराबरी खेल्यो
- राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
- सूचनाको हकलाई दुरुपयोग गर्न हुन्न : सभामुख घिमिरे
- नेपाल क्रिकेट: कीर्तिमानी ब्याटर दीपेन्द्र र कुशलको कहानी यस्तो !
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा राष्ट्रिय निकुञ्जमा
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया