आईएमएफ प्रमुख चीन जाँदै
एजेन्सी । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)का प्रमुख क्रिस्टालिना जर्जिएभाले एसियाका अन्य दुई देशमा निर्धारित भ्रमणको समयअगावै आज (बुधबार) चीन भ्रमण गर्ने भएकी छिन् ।
‘अगस्ट ३० देखि सेप्टेम्बर ३ सम्म प्रबन्ध निर्देशकले चीनको वरिष्ठ नेतृत्व टोलीसँग द्विपक्षीय छलफलका लागि चीन भ्रमण गर्नुहुनेछ,’ आईएमएफका प्रवक्ताले मंगलबार भने । यसै वर्षको सुरुमा बेइजिङ भ्रमणका क्रममा जर्जिभाले सन् २०२३ ‘अर्काे चुनौतीपूर्ण वर्ष’ हुने र अनिश्चितता ‘असाधारणरूपमा उच्च’ रहेको बताए । आईएमएफ प्रमुखले मार्चमा चीनका नीति निर्माताहरूलाई उत्पादकत्व बढाउन र अर्थव्यवस्थालाई लगानीबाट टाढा राख्न र अधिक टिकाउ उपभोग–आधारित वृद्धिको दिशामा पुनः सन्तुलित गर्न आग्रह गरे । आईएमएफले यस वर्ष चीनको कुल गार्हस्थ्य उत्पादनमा पाँच दशमलव प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ ।
गत महिना आईएमएफले पहिलो त्रैमासिकमा लचिलो सेवा क्षेत्रको गतिविधि र बलियो श्रमबजारका कारण यस वर्ष विश्वव्यापी वृद्धिका लागि आफ्नो दृष्टिकोणमा केही सुधार गरेको थियो । चीनको भ्रमणपछि जर्जिएभा इन्डोनेसियाको राजधानी जकार्तामा सेप्टेम्बर ४ देखि ७ सम्म क्षेत्रीय समूह आसियानका नेताहरूको भेलाका लागि प्रस्थान गर्नेछिन् । त्यसपछि जी–२० शिखर सम्मेलनमा भाग लिन सेप्टेम्बर ८ देखि १० सम्म भारतको नयाँदिल्ली जानेछिन् ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- बझाङमा आधा घन्टापछि झन ठूलो भूकम्प
- आरजुलाई २ करोड दिएको अडियो सार्बजनिक गरेपछि फिदिम नगर सभापति गुरुङमाथि कांगेसको दण्ड ! के हो २ करोड काण्ड ?
- निर्वाचन प्रणाली तथा व्यवस्थापन प्रकृयामा आधारभूत सुधारको खाँचो: डा. उप्रेती
- १९ सय ५८ बिन्दुमा खुम्चियो सेयर बजार, सबै सुचक रातै
- बझाङमा ५.३ रेक्टरको भूकम्प
- व्यक्तिहत्याका रिगलको कैद सजाय माफीविरुद्ध रिट
- नेपालगञ्जमा कर्फ्यू जारी भएसँगै स्थिति सामान्य
- तनहुँमा फस्टाउँदो ड्रागन खेती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया