चिनियाँ राष्ट्रपति ‘जी २०’ सम्मेलनमा सहभागी नहुने
चीन । भदौ २३ र २४ मा भारतको राजधानी नयाँ दिल्लीमा आयोजना हुने ‘जी २०’को १८औँ शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनफिङ सहभागी नहुने भएका छन् । विश्वका विशाल अर्थतन्त्र भएका १९ देश र युरोपेली संघ मिलेर बनेको अन्तरसरकारी मञ्च ‘जी २०’ शिखर सम्मेनमा चिनियाँ राष्ट्रपतिको सट्टामा प्रधानमन्त्री ली छ्याङ सहभागी हुने भएका छन् ।
चिनियाँ विदेश मन्त्रालयले सोमबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता माओ निङले राष्ट्रपतिको सट्टा प्रधानमन्त्रीले शिखर बैठकमा भाग लिने बताएका हुन् । तर, प्रवक्ता निङले आर्थिक सहयोगको लागि ‘जी २०’ सम्मेलन महत्वपूर्ण मञ्च भएको बताएका छन् ।
प्रवक्ताले प्रधानमन्त्री लीले ‘जी २०’मा चीनको विचार र अडान व्यक्त गर्ने विश्वव्यापी आर्थिक विकासका चुनौतीको आपसी सहकार्य र साझोदारीबाट सामना गर्ने विषयलाई प्राथमिकता दिने काम गर्ने पनि बताए ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ राष्ट्रपति नयाँ दिल्लीमा हुने विश्व नेताहरूको भेलामा सहभागी नहुने खबरले आफू ‘निराश’ भएको बताएका छन् । यद्यपि उनले आफ्ना चिनियाँ समकक्षीलाई भेट्न भारत जान लागेको पत्रकारहरूलाई बताएका छन् । राष्ट्रपति सी सन् २०२१ मा रोम शिखर सम्मेलनबाहेक सत्तामा आएदेखि हरेक ‘जी २०’ शिखर सम्मेलनमा सहभागी हुँदै आएका छन् ।
कोभिड–१९ महामारीबाट सुस्तप्रायः बनेको विश्वअर्थतन्त्रलाई गति दिने तथा धेरै देशहरू उच्च मुद्रास्फीति र आर्थिक अशान्तिसँग लडिरहेका बेला दक्षिण एसियामा पहिलो पटक हुन लागेको यो शिखर सम्मेलनले विशेष महत्व रहेको आर्थिक क्षेत्रका जानकारहरूले बताएका छन् ।
‘जी २०’ले अन्तर्राष्ट्रिय वित्तीय स्थायित्व, जलवायु परिवर्तनका दुष्प्रभाव न्यूनीकरण र दिगो विकासजस्ता विश्वव्यापी अर्थतन्त्रसँग सम्बन्धित प्रमुख विषयलाई केन्द्रमा राखेको छ । ‘जी २०’मा अर्जेन्टिना, अस्ट्रेलिया, ब्राजिल, क्यानडा, (युरोपेली संघका सदस्य फ्रान्स, जर्मनी र इटाली) भारत, इन्डोनेसिया, जापान, दक्षिण कोरिया, मेक्सिको, रुस, साउदी अरब, दक्षिण अफ्रिका, टर्की, संयुक्त अधिराज्य र संयुक्त राज्य अमेरिका सदस्य छन् ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई मुद्दा दर्ता नगर्नुको कारण माग
- बीआरआई कार्यान्वयनको प्रतिबद्धतापछि मात्र पूर्वाधारमा सहयोग गर्ने चिनियाँ आश्वासन
- ‘खबरमा छु प्रिय’ विमोचन
- आन्दोलनरत डाक्टरहरु र सरकारबीच सहमति
- नेपाल र चीनबीच भएको सहमतिमा नौलो कुरा के छ ?
- अबदेखि होर्डिङ बोर्डमा विदेशी कलाकार देखिन नहुने
- शिक्षकका समस्या हल हुने गरी विधेयक पारित गर्नुपर्छ : सभापति देउवा
- योजना आयोगको उपाध्यक्षमा पूर्वसचिव नियुक्त
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया