चिप उद्योगका लागि ४० अर्ब डलरको कोष निर्माण गर्दै चीन
चीन । चीनले चिप उद्योगलाई बढवा दिन ४० अर्ब डलर (तीन सय बिलियन युअआन)को राज्य कोष स्थापना गर्ने भएको छ । चीनले अमेरिका र अन्य प्रतिद्वन्द्वीहरुसँग प्रतिस्पर्धा गर्न सो कोष निर्माण गर्ने घोषणा गरेको हो । यो बिग फन्ड भनिने चाइना इन्टिग्रेटेड सर्किट इन्भेष्टमेन्ट फन्डद्वारा सुरु गरिएको तीन कोषमध्ये सबैभन्दा ठूलो हुने बताइएको छ ।
यो कोष सन् २०१४ र २०१९मा बनाइएको दुई कोषभन्दा ठूलो छ । सरकारी रिपोर्टअनुसार सन् २०१४ मा एक सय ३८ दशमलव ७० बिलियन युआन र २०१९मा दुई सय बिलियन युआनको कोष निर्माण गरिएको थियो । लगानीको प्रमुख क्षेत्रमध्येको एक चिप उत्पादनका लागि कोष निर्माण गरिएकोे बताइएको छ ।
चिनियाँ राष्ट्रपछि सी चीनपिङले लामो समयदेखि सेमिकन्डक्टरमा आत्मनिर्भरता हासिल गर्नु चीनको आवश्यकता भएको बताउँदै आएका छन् । बेइजिङले आफ्नो सैन्य क्षमता बढाउन उन्नत चिपहरुको प्रयोग गर्न सक्छ भन्ने डरले अमेरिकाले चिनियाँ चिपहरु निर्यात रोक्ने शृङ्खला लागू गरेको थियो । यसपछि चीनले चिप उत्पादनमा थप आक्रामक बन्न खोजेको देखिन्छ । अमेरिकाले गत अक्टोबरमा एक व्यापक प्रतिबन्ध प्याकेज ल्याई उन्नत चिपमेकिङ उपकरणहरुमा चीनको पहुँचलाई कटौती गरेको थियो । त्यसपछि जापान र नेदरल्यान्डसले पनि यस्तै कदम चालिसकेका छन् । कोष निर्माणका लागि चीनको अर्थ मन्त्रालयले ६० अर्ब युआन सहयोग गर्ने योजना बनाएको बताइएको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- भैरहवा बिमानस्थलको जग्गा आफ्नो नाममा गराउने मिश्र भारतीय नागरिक
- मूल्यवृद्धिविरुद्ध सांसदद्वारा सरकारको ध्यानाकर्षण
- बझाङमा आधा घन्टापछि झन ठूलो भूकम्प
- आरजुलाई २ करोड दिएको अडियो सार्बजनिक गरेपछि फिदिम नगर सभापति गुरुङमाथि कांगेसको दण्ड ! के हो २ करोड काण्ड ?
- निर्वाचन प्रणाली तथा व्यवस्थापन प्रकृयामा आधारभूत सुधारको खाँचो: डा. उप्रेती
- १९ सय ५८ बिन्दुमा खुम्चियो सेयर बजार, सबै सुचक रातै
- बझाङमा ५.३ रेक्टरको भूकम्प
- व्यक्तिहत्याका रिगलको कैद सजाय माफीविरुद्ध रिट
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया