अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्यो
साउदी अरेबिया । साउदी अरेबिया र रुसले सन् २०२३ को अन्त्यसम्म नै तेल उत्पादन कटौती गर्ने घोषणा गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चातेलको भाउ बढेको छ । ‘ओपेक प्लस’का यी दुई प्रमुख तेल निर्यातकर्ताले उत्पादन कटौती गरेपछि आपूर्तिमा संकुचन आउने अनुमानपछि तेलको भाउ बढेको हो ।
अगस्ट ४ यता ‘ब्रेन्ट क्रुड फ्युचर्स’को मूल्य प्रतिब्यारेल ८२ डलरबाट बढेर ९० डलरसम्म पुगेको छ । मंगलबार ब्रेन्ट क्रुड प्रतिब्यारेल ९० दशमलव शून्य ४ अमेरिकी डलर पुगेको थियो । बुधबार पनि सोही मूल्य हाराहारीमै कारोबार भएको छ । बुधबार सुरुवाती चरणमा केही मूल्य घटे पनि साँझसम्म फेरि बढ्ने संकेत देखिएको थियो । बुधबार कायम मूल्य १० महिनायताकै उच्च हो । यसअघि सन् २०२२ नोभेम्बर १७ मा ब्रेन्ट क्रुड फ्युचर्सकोे मूल्य प्रतिब्यारेल ९२ डलरबाट ८९ डलरमा झरेको थियो ।
लगानीकर्ताले साउदी अरेबिया र रुसले अक्टोबरसम्म मात्रै उत्पादन कटौती गर्ने अनुमान गरेका थिए । तर दुवै मुलुकले डिसेम्बरसम्म नै उत्पादन कटौती गर्ने निर्णय गरेपछि आपूर्तिमा चाप पर्नजाने भयले मूल्य बढेको देखिन्छ ।
खासगरी रुसले युक्रेनमा हमला गरेदेखि नै तेलको भाउमा वृद्धि देखिएको छ । यही कारण युरोपियन मुलुकलगायत कमजोर अर्थतन्त्र भएका देशहरू बढी प्रभावित भएका छन् । विश्वभर मूल्यवृद्धि लक्षित सीमाभन्दा बढी देखिएको छ । यसको नियन्त्रणका लागि विश्वभरका केन्द्रीय बैंकले ब्याजदर बढाइरहेका छन् । जसको कारण सबैजसो देशमा आर्थिक क्रियाकलाप घटेको छ । अर्थतन्त्रमा संकुचन देखापरेको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
- दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
- नक्कली भारतीय नोटसहित अन्सारी पक्राउ
- पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया