काश्मिरमा झडप, कम्तीमा नौ जनाको मृत्यु
नयाँ दिल्ली, वैशाख २२
भारत प्रशासित काश्मिरमा सुरक्षाकर्मी र शंकास्पद सशस्त्र लडाकुबीच झडप हुँदा पाँच भारतीय सुरक्षाकर्मी र चार लडाकुको मृत्यु भएको भारतीय अधिकारीले आइतबार जनाएका छन् । तनावग्रस्त भारतीय हिमालय क्षेत्रमा काश्मिरलाई दिएको अर्ध–स्वायत्त व्यवस्थालाई केन्द्र सरकारले गत वर्षको अगस्टमा खारेज गरेपछि आणविक शक्ति सम्पन्न पाकिस्तानले उक्त कदमको विरोध गर्दैै आएको छ ।
अर्ध–स्वायत्त व्यवस्थालाई हटाउने सरकारको निर्णयको काश्मिरी नागरिकको एउटा समूहले विरोध गर्दै आएको छ । काश्मिरमा सक्रिय कतिपय समूहलाई भारतले आतंकवादीको संज्ञा दिँदै आएको छ । भारत र पाकिस्तान दुई अलग मुलुक बनेसँगै विभाजित त्यहाँको समाजका कारण उक्त क्षेत्रमा हजारौँ व्यक्तिको मृत्यु भइसकेको छ ।
‘पाकिस्तानसँगको सीमाक्षेत्र नजिक रहेको चंगीमूलमा भएको भीडन्तमा दुई अधिकृतसहित चार सैनिक, एक विद्रोहीविरूद्ध तैनाथ विशेष प्रहरी दस्ताका जवान र दुई विद्रोहीको मृत्यु भएको छ’, भारतीय सेनाका प्रवक्ता कर्नेल राजेस कालियाले भने । सुरक्षाकर्मीले काश्मिरको उक्त बस्तीमा रहेको एक घरमा खानतलासी गर्ने क्रममा विद्रोही लडाकुले व्यापकरूपमा गोली चलाएपछि भएको झडपमा उनीहरूको मृत्यु भएको सैनिक प्रवक्ताद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सेनाको विज्ञप्तिमा एक जना प्रहरी अधिकारीसहित ती मानिसहरू उक्त घरमा किन बसेका थिए भन्ने खुलाइएको छैन । तर एक प्रहरीले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा एएफपीसँग भने, ‘खानतलासीका क्रममा त्यहाँ पुगेको सुरक्षाकर्मी धरापमा परेको थियो ।’ यो घटना दक्षिणी काश्मिरको पालवामा क्षेत्रमा शनिबार ‘छोटो झडप’मा दुई सन्दिग्ध लडाकू सुरक्षाकर्मीको गोली प्रहारबाट मारिएको २४ घण्टाभित्र भएको ती प्रहरीले बताए ।
यस वर्ष काश्मिरमा ५४ विद्रोहीको सुरक्षाकर्मीको गोली लागि मृत्यु भएको छ भने त्यसमध्ये ३० जना भारतमा बन्दाबन्दी सुरू भएको दिनदेखि आइतबारसम्ममा मारिएका एएफपीले सूचना पाएको छ । गत महिनाको सुरूमा पनि काश्मिर उपत्यकाभित्र करिब दुई दिनको झडपमा कम्तीमा पाँच सैनिक र नौ विद्रोहीको मृत्यु भएको थियो । भारत प्रशासित काश्मिरमा पाकिस्तानद्वारा विद्रोहीलाई हतियार उपलब्ध गराई सैन्य गतिविधि सञ्चालन गरी अशान्त बनाएको भारतीय दाबी छ भने इस्लामावादले यसको खण्डन गर्दै आएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित
- प्रत्येक प्रदेशमा एउटा औद्योगिक क्षेत्र बिस्तारको कार्यक्रम ल्याइने : मन्त्री भण्डारी
- पूर्वमुख्यसचिव शाक्यको राजकीय सम्मानका साथ अन्त्येष्टि
- सांसद हसिना खानद्वारा सपथ ग्रहण
- कांग्रेस सबै जात, धर्म र वर्गको पार्टी हो : सहमहामन्त्री राठोर
- ग्रीन हाइड्रोजन उत्पादनका लागि बुद्धभूमि हाइड्रो र केयूबीच सम्झौता
- घाँस काट्ने क्रममा रुखबाट खसेर मृत्यु
- गत वर्ष सडकमार्गबाट चार लाख पर्यटक मुस्ताङ पुगे
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया