अफ्रिकी संघलाई जी २० को स्थायी सदस्यता
भारत। अफ्रिकी संघ ‘जी २०’को नयाँ सदस्यको रूपमा थपिएको छ । विशाल अर्थतन्त्र भएका १९ राष्ट्र र युरोपेली संघ मिलेर बनेको अन्तरसरकारी संगठन जी २० मा नयाँ सदस्यको रूपमा अफ्रिकी संघ थपिएको हो ।
जी २० का अध्यक्ष रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शिखर सम्मेलनमा स्वागत मन्तव्यमा अफ्रिकी संघको प्रतिनिधित्व गरेका संघका अध्यक्ष अजाली असुमानीलाई स्थायी सदस्यको रूपमा स्वागत गरेका हुन् । असुमानीले जी २० को स्थायी सदस्यका रूपमा समूहका नेताहरूसँगै आसनग्रहण गर्न आग्रह गरेका हुन् ।
प्रधानमन्त्री मोदीले नै अफ्रिकी संघलाई जी २० समूहमा ल्याउन प्रस्ताव गरेका थिए । स्वागत मन्तव्यमा मोदीले अफ्रिकी संघलाई स्थायी सदस्य बनाउन पाउनु आफ्नो उद्देश्य भएको पनि बताए ।
अफ्रिकी संघमा अफ्रिकी महादेशका ५५ देश आबद्ध छन् । अफ्रिकी संघ सन् २००२ मा गठन भएको थियो । अफ्रिकी संघ जी २० मा समावेश भएपछि केन्याका राष्ट्रपति विलियम रुटोले वैश्विक चुनौती सामना गर्न सहज हुने बताएका छन् । उनले अब अफ्रिका महादेश विश्वमा देखिने र उसका आवाज पनि सुनिने बताए ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किए, उनको ‘लामो अनुपस्थिति’लाई लिएर उठे यस्ता प्रश्न ?
- फ्लाई दुबईको जहाजबाट बिमानस्थलमा २.७ किलो सुन बरामद
- अर्थतन्त्र सुधारोन्मुख रहेकाले निराश नहुन उद्योगीहरूलाई अर्थमन्त्री डा महतको आग्रह
- चीनबाट अपेक्षाकृत लाभ लिन नेपाल चुक्यो स् प्रदेश प्रमुख शेरचन
- घोराही–तुलसीपुर चार लेन मर्मत हुँदै
- नेपाल दलित सङ्घको अध्यक्षमा विश्वकर्मा
- एमाले कर्णाली प्रदेश अध्यक्षमा तीन जनाबीच प्रतिस्पर्धा
- मनसुन बाहिरिन अझै केही दिन लाग्ने
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया