श्रीलंकाको रेमिट्यान्स आम्दानी ७४ प्रतिशत बढ्यो
एजेन्सी । श्रीलंकाले यो वर्षको पहिलो छ महिनामा तीन अर्ब ८० करोड रेमिट्यान्स भित्रिएकोे जनाएको छ । चालू वर्ष २०२३ को अगस्टसम्म विदेशमा श्रम गरिरहेका कामदारले तीन अर्ब ८० करोड अमेरिकी डलर भित्र्याएको श्रम तथा वैदेशिक रोजगार मन्त्रालयले जनाएको छ । यो रेमिट्यान्स गतवर्षकोे सोही अवधिको तुलनामा ७४ दशमलव चार प्रतिशत बढी हो ।
श्रम तथा वैदेशिक रोजगार मन्त्री मनुषा नानायककाराले सामाजिक सञ्जाल एक्स (ट्वीटर)मार्फत रेमिट्यान्सको विवरण सार्वजनिक गरेका हुन् । उनले अगस्ट महिनामा मात्रै ५० करोड डलर रेमिट्यान्स भित्रिएको जनाएका छन् ।
श्रीलंकाको वैदेशिक रोजगार विभागमा दर्ता भई यस वर्षको सेप्टेम्बरको सुरुसम्ममा दुई लाखभन्दा बढी श्रीलंकाली वैदेशिक रोजगारीका लागि मुलुकबाट बाहिरिएको मन्त्री नानायककाराले जानकारी दिए । सन् २०२१ मा श्रीलंकाका कामदारले कुल पाँच अर्ब ४९ करोड डलर पठाएका छन् भने सन् २०२२ मा करिब तीन अर्ब ८० करोड पठाएका थिए ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- शुक्रबार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै
- कर्जा सुरक्षण कार्यक्रमलाई विविधीकरण गरी लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ : अर्थमन्त्री डा महत
- पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गराउने
- साउन र भदौमा पाँच अर्ब ४३ करोडको विद्युत् निर्यात
- श्रम आप्रवासनका सवाल सम्बोधन गर्न सरकारको ४७ बुँदे निर्णय
- युरोपका तीन देशमाथि व्यापार प्रतिबन्ध लगाउने युक्रेनको तयारी
- सेयर धितो कर्जा परिमार्जन हुने संकेत संगै बढ्यो सेयर बजार
- अमेरिकाको ऋण तीन सय ३० खर्ब डलर नाघ्यो
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया