लिबियामा बाढीबाट २० हजारले ज्यान गुमाएको आशंका
एजेन्सी । लिबियामा ड्यानियल आँधीसँगै परेको मुसलधारे वर्षापछिको बाढीले दुईवटा बाँध भत्काउँदा करिब २० हजार जनाको ज्यान गुमेको आशंका गरिएको छ । बिहीबार साँझसम्म पाँच हजार तीन सयभन्दा बढीको मृत्यु भइसकेको र कम्तीमा १० हजारभन्दा बढी हराइरहेको अन्तर्राष्ट्रिय सहायता निकायहरुले उल्लेख गरेका छन् ।
पूर्वी लिबियाको बन्दरगाह सहर डेर्नाका प्रमुख अब्दुलमेनम अल–गैथीधच अनुसार बाढीमा परी १८ हजारदेखि २० हजार मानिसको मृत्यु भएको छ । दुईवटा बाँध फुट्दा डेर्ना नगर र आसपासका जिल्लाका बासिन्दाको तथ्यांकमा आधारित भएर उनले त्यति धेरै लिबियालीले ज्यान गुमाएको बताएका हुन् ।
बाढीले भत्काएका सडकका चेप र खोच तथा समुद्र किनारमा पु-याएका शव निकाल्ने काम भइरहेको छ । बाढीबाट ५० हजारभन्दा बढी विस्थापित भएका छन् । पूर्वी सहर डेर्नामा कम्तीमा ३० हजार घरबारबिहीन भएका आप्रवासनसम्बन्धी अन्तर्राष्ट्रिय संगठन (आईओएम)ले जनाएको छ ।
लिबियाका दुवै प्रतिद्वन्द्वी सरकारले बाढीपीडितहरूको लागि राहत सामग्री परिचालनमा समन्वय गरिरहेका छन् भने इजिप्ट, ट्युनिसिया, इटाली, स्पेन र टर्कीलगायत देशबाट उद्धार टोली त्रिपोली पुगेका छन् ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
- दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
- नक्कली भारतीय नोटसहित अन्सारी पक्राउ
- पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया