कच्चा तेलको मूल्य झन् बढ्यो
अमेरिका । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ लगातार तेस्रो दिन पनि बढेको छ । सोमबार साँझसम्म ‘ब्रेन्ट क्रुड’को मूल्य प्रतिब्यारेल शून्य दशमलव नौ प्रतिशतले बढेर ९४ दशमलव आठ डलर पुगेको थियो । गतसाता बिहीबारदेखि नै कच्चा तेलको भाउ बढेको छ ।
यस्तै, अमेरिकी बेन्चमार्क ‘वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लूटीआई) क्रुड’ पनि प्रति ब्यारेल शून्य दशमलव आठ प्रतिशतले बढेर ९१ दशमलव पाँच डलरमा पुगेको छ । एक साताअघिदेखि नै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको कारोबार सन् २०२३ कै उच्च विन्दुमा भइरहेको छ ।
साउदी अरेबिया र रुसले यो वर्षभर तेल उत्पादन कटौती गर्ने घोषणा गरेपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको हो । विश्लेषकहरुले कच्चा तेलको भाउ छिट्टै प्रतिब्यारेल एक सय अमेरिकी डलर पुग्ने बताएका छन् । जुन महिनायता मात्रै अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ करिब ३० प्रतिशतले बढेको छ ।
तेलको भाउ बढेपछि विश्वभर मुद्रास्फीतिमा दबाब पर्न थालेको देखिएको छ । गतवर्षदेखि युरोपको अर्थतन्त्र बिँग्रदै गएकोे छ । अमेरिकासहित ठूला अर्थतन्त्र भएका मुलुकहरुले मुद्रास्फीति नियन्त्रण गर्न एक वर्षयता ब्याजदर बढाइरहेका छन् । तर, मुद्रास्फीतिमा परेको चापको नियन्त्रण हुन सकिरहेको छैन ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- इन्धनमा करमाथिको करले उपभोक्ता मर्कामा
- सरकारी कार्यालयका आर्थिक प्रशासन शाखा प्रमुखलाई करसम्बन्धी तालिम
- दोलखामा थप चार केजी अवैध सुन बरामद
- रुपन्देहीका घरेलु तथा साना उद्योगमा ४१ अर्ब लगानी
- जी फोर्सविरुद्धको उजुरी अलपत्र
- पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता
- कर्जामा सधैं पहुँचवालाकै रजगज
- यही हो त प्रहरीको जनसेवा ?
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया