Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारजापानमा संकटकाल मे ३१ सम्मका लागि थप

जापानमा संकटकाल मे ३१ सम्मका लागि थप


टोक्यो, वैशाख २३
जापानमा कोरोनाभाइरसको महामारीका कारण जारी राष्ट्रव्यापी संकटकाललाई थप तीन हप्ताका लागि थपिएको सरकारले सोमबार घोषणा गरेको छ । जापानमा गत महिना (अप्रिल ७) देखि सात राज्यमा एक महिनाका लागि जारी राष्ट्रिय संकटकाल अप्रिल १६ मा देशव्यापी बनाइएको थियो । मंगलबारदेखि समाप्त हुनैलाग्दा पुनः संकटकाल लम्व्याउने सूचना आएको हो ।

जापानी प्रधानमन्त्री सिन्जो आवेले सरकारी कार्यदलको बैठकमा उक्त घोषणा गरेका छन् । ‘मैले सरकारी अधिकारी, सार्वजनिक तथा निजी क्षेत्रको समेत सुझाब अनुसार आगामी अप्रिल ७ देखि मे ३१ सम्मका लागि राष्ट्रिय संकटकालको घोषणा गरेको छु’, आवेले बैठकमा भने ।

उनले थपे, ‘सबै प्रशासनिक क्षेत्रमा यो लागु हुनेछ र संकटकालको पूर्व घोषणामा व्यवस्था भएका कुनै पनि बिषयलाई अर्को सूचना नभएसम्म खुकुलो पारिने छैन ।’ उनले कोरोनाभाइरसविरूद्धको लडाईंका लागि आगामी कदम तयार पार्न एक महिना संकटकाल लगाइएको बताउँदै अझै पनि आवश्यक देखिएकाले समय थप गरिएको बताए । उनले नागरिकलाई उक्त समय आफू रहेको क्षेत्रबाट अन्य स्थानमा यात्रामा नजान र भाइरस व्यक्तिबाट व्यक्तिमा सर्ने सम्भावनालाई कम गर्न पुनः आग्रह गरे । भाइरस संक्रमणको बढी समस्या रहेका टोकियो, ओसाकासहित १३ वटै प्रशासनिक क्षेत्रमा विशेष सावधानी अपनाउन उनले आग्रह गरे ।

संकटकाल लम्व्याउने निर्णयलाई चिकित्सा क्षेत्रका विशेषज्ञहरूको सल्लाहाकार समितिले सोमबार बिहान अनुमोदन गरेको थियो । सरकारले उक्त निर्णयलाई पछि संसदलाई जानकारी गराएको छ । अर्थतन्त्र पुनरूद्धार मन्त्री यासुतोशी निशीमुराले संसदमा बोल्दै भने, ‘कोभिड–१९ संक्रमितका नयाँ विरामीहरू घट्ने क्रममा रहेको भएपनि सोचेअनुरूप तीब्र भएन । हामीले संक्रमण दरमा थप कमी आउँदासम्म सामान्य जनजीवनमा फर्किनका लागि पर्खिनुपर्छ भन्ने विज्ञहरूको सुझाबअनुसार संकटकाललाई लम्व्याउनुको विकल्प देखिएन ।’


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया