भारतीय सांसदहरू नयाँ संसद् भवनमा
एजेन्सी । गणेश चतुर्थीको साइत पारेर औपनिवेशिक युगको संसद्बाट भारतीय सांसदहरू नयाँ संसद् भवनमा सरेका छन् । पुरानो संसद् भवन अघिल्लो शताब्दीमा बेलायती शासकले निर्माण गरेका हुन् ।
बेलायती शासनकालमा बनाइएका भवन छाडेर उनीहरू त्रिभुजाकार नयाँ भवनमा सरेका हुन् । नयाँ संसद् भवनमा आठ सय जनप्रतिनिधि सहजै बस्न सक्नेछन् । उक्त भवनको गत महिना प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेका थिए । विपक्षी दलका सांसदले उक्त समारोह बहिष्कार गरेका थिए ।
सभामुखले मंगलबारका लागि संसद्को विशेष बैठक आह्वान गरेका थिए । यसै मेसोमा नयाँ भवनमा विधायकहरू स्थानान्तरण भएका हुन् । मंगलबार भएको तल्लो सदनको बैठकमा सांसदहरूमा महिला प्रतिनिधित्वको ३३ प्रतिशत ‘कोटा’ राख्ने विधेयक पेस गरिएको थियो ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
- विदेशको जागिर छाडेर नेपालमै पशु तथा मौरीपालन
- विमानस्थल निर्माणका लागि धरानमा अध्ययन सुरु
- सेयर बजार करेक्सन, सुचक तथा कारोबार रकम दुबै बढ्यो
- सरकारलाई राष्ट्रिय सूचना आयोगको प्रतिवेदन बुझाइयो
- विराटनगरको कवाडी पसलको आगलागीबाट तीनको मृत्यु, तीन जनाको उपचार हुँदै
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया