लगानी भि†याउन चीनको केन्द्रीय बैंकको पहल
चीन । चीनको केन्द्रीय बैंकले विदेशी वित्तीय संस्था र कम्पनीहरुसँग वैदेशिक व्यापार र विदेशी लगानीको वातावरण सहज बनाउने उपाय खोज्न छलफल गरेका छन् । छलफलमा चीनको विदेशी मुद्रासम्बन्धी नियामक निकाय पनि सहभागी थियो ।
छलफलमा जेपी मोर्गन, एजएसबीसी, ड्यूस बैंक र टेस्लाका प्रतिनिधिहरु सहभागी भएको चिनियाँ केन्द्रीय बैंक ‘पिपुल्स बैंक अफ चाइना’ले जनाएको छ ।
केन्द्रीय बैंकले जारी गरेको विज्ञप्तिमा गभर्नर पान गोङ्सेङले बजार उन्मुख र पहिलो–स्तरीय अन्तर्राष्ट्रिय व्यापार वातावरण निर्माण गर्न चीन आफ्नो नीतिमा सुधार गर्न तयार रहेको बताएको उल्लेख छ । गभर्नर पानले चीनले आफ्नो वित्तीय सेवाको गुणस्तर र प्रभावकारितालाई निरन्तरता दिने पनि बताएका छन् ।
चीनले गत अगस्टमा थप विदेशी लगानी आकर्षित गर्न विदेशी पुँजीसम्बन्धी निर्देशिका जारी गरेको थियो । चिनियाँ अधिकारीहरुले बौद्धिक सम्पत्ति अधिकारको कार्यान्वयनमा सुदृढ गर्दै विदेशी लगानीकर्ताको हित संरक्षण बढाउनुपर्नेमा जोड दिएका छन् ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
- विदेशको जागिर छाडेर नेपालमै पशु तथा मौरीपालन
- विमानस्थल निर्माणका लागि धरानमा अध्ययन सुरु
- सेयर बजार करेक्सन, सुचक तथा कारोबार रकम दुबै बढ्यो
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया