Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअमेरिकाको सर्वोच्च अदालतमा फोनमार्फत सुनुवाइ

अमेरिकाको सर्वोच्च अदालतमा फोनमार्फत सुनुवाइ


न्युयोर्क, वैशाख २३
कोरोना भाइरसको महामारीका कारण अमेरिकाको सर्वोच्च अदालतले फोनबाटै सुनुवाइ सुरु गरेको छ । सम्भवतः यो अभ्यास विश्वमै पहिलो पटक भएको हुनसक्ने अधिकारीहरुले बताएका छन् । मानिसको भौतिक उपस्थिति विना फोन मार्फत् आवाज मात्रै पु-याएर सुनुवाई गरिएको घटनालाई अनौठो घटनाका रुपमा लिइएको छ ।

कोरोनाभाइरस संक्रमणको त्रासका कारण सुनुवाइको परम्परागत शैली परिवर्तन गरेर यस्तो नयाँ शैली अपनाउनु परेको हो । अदालतको सुनुवाई कक्षमा कोरोनाभाइरसको संक्रमणको खतरा बढी भएको अधिकारीहरूको भनाइ छ । अदालतमा विशेष गरेर छ जना न्यायाधीश ६५ वर्ष वा सोभन्दा बढी उमेरका भएकाले संक्रमणको खतरा बढी रहेको ठानिएको हो ।

फोनबाटै सुनुवाइ गर्ने अभ्यासको सुरुवात सोमबारदेखि गरिएको छ । सुुनुवाईका क्रममा एउटा पक्षले बोल्दा अर्को पक्षले पनि सुन्न मिल्ने पनि बनाइएको अधिकारीहरुको भनाइ छ । सोमबार पहिलो पटक भएको सुनुवाइमा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग जोडिएको मुद्दामा बहस भएको थियो । फोनबाट भएको सुुनुवाई अरु दिन जस्तै सोमबार पनि बिहान १० बजेदेखि नै सुरु भएको थियो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया