युरोपका तीन देशमाथि व्यापार प्रतिबन्ध लगाउने युक्रेनको तयारी
एजेन्सी । युक्रेनले आफ्नो देशबाट खाद्यान्न निर्यात विवादमा युरोपेली संघ (ईयू)का तीन राष्ट्रले सम्झौता गर्न सहमत नभए उनीहरुमाथि व्यापार प्रतिबन्ध लगाउने संकेत गरेको छ ।
युक्रेनका प्रधानमन्त्री डेनिस इश्मिहालले मंगलबार पोल्याण्ड, हङ्गेरी र स्लोभाकियाले युरोपेली आयोगसँग वार्ता गरेका उपायहरुमा सहमत नभएसम्म व्यापार प्रतिबन्ध लगाउन सक्ने बताएका हुन् । उनले यो बारेमा आफूहरुले विचार गरिरहेको बताएका छन् ।
युक्रेनबाट खाद्यान्न आपूर्तिमा प्रतिबन्ध लगाउने छिमेकी देशहरूको घोषणालाई युक्रेनी अर्थव्यवस्था, ईयूको सिद्धान्त र विश्वव्यापी खाद्य सुरक्षालाई असर पार्ने निर्णयका रूपमा उनले वर्णन गरेका छन् ।
‘यो युरोपेली आयोगको सिफारिसको विपरीत छ र यसले युक्रेनी अर्थव्यवस्था, ईयूको सिद्धान्त र विश्वव्यापी खाद्य सुरक्षाको कानुनलाई उल्लंघन गर्छ’, उनले भने । युक्रेनले आफ्ना छिमेकी देशहरूलाई बजार विकृति रोक्न कृषि उत्पादनका चार समूहको निर्यातका लागि प्रभावकारी नियन्त्रणका उपायहरू लागू गर्ने बताएको छ ।
युरोपेली आयोगले गत साता बुल्गेरिया, रोमानिया, पोल्याण्ड, हङगेरी र स्लोभाकियामा युक्रेनी कृषि उत्पादनमा लगाइएको प्रतिबन्ध नबढाउने निर्णय गरेको बताएको थियो । आयोगको निर्णयको बाबजुद पोल्याण्ड, हङ्गेरी र स्लोभाकियाले प्रतिबन्ध हटाउन अस्वीकार गरेका छन् ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
- देशमा सुशासन कायम गर्न शान्ति समाजको जोड
- इजरायल र हमासबीच पुनः युद्धविरामका लागि प्रयास जारी रहेको कतारको भनाइ
- संसदीय सुनुवाइमा उजुरीकर्ता उपस्थित
- नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने अनुसन्धान अधिकृत बस्नेतविरुद्ध मुद्दा दर्ता
- विमानको आपतकालीन झ्यालको सिसा खस्यो
- दिगो पूर्वाधार विकासबाट मात्रै आर्थिक समृद्धि हासिल हुन्छ : मन्त्री ज्वाला
- (कोप २८) : ८३ अर्ब डलर परिचालनको घोषणा,कम विकसित मुलुक लाभान्वित हुने अपेक्षा
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया